Homeसमाचार | NEWSनेपाल | NEPALमाओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ ।

माओवादी केन्द्रले यसअघि नै पार्टी एकीकरणका लागि भन्दै एकीकरण पछि पार्टीको नाममा रहेको ‘माओवादी केन्द्र’ हटाउन सहमत भइसकेको छ ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच अविश्वासको वातावरण बनेकाले पार्टी एकीकरणमा ढिलाइ हुँदै आएको थियो । अहिले दुवै नेताबीच सम्बन्ध सुधार हुँदै गएपछि पार्टी एकीकरणका लागि सहज बनेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्र र नेसपाले पार्टी एकीकरणका लागि गठन गरेको वार्ता समितिको गतसाता बसेको बैठकले पार्टी एकता संयोजन समिति गठन गर्दै एकीकरणलाई टुंगोमा पु-याउने सहमति गरेको थियो । सोही सहमतिअनुसार दुवै पार्टीका शीर्ष नेताले संयोजन समिति गठन गर्दै छिट्टै नै एकीकरणको घोषणा गर्ने तयारीमा जुटेका छन् ।

माओवादी केन्द्रले गठन गरेको वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाले गठन गरेको वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठले पार्टी एकतालाई छिट्टै नै टुंगो लगाउने बताए । संयोजन समिति गठन गरेर एकीकरण गर्ने’bout सुझाव आफूहरूले पार्टी शीर्ष नेतालाई दिएको उनीहरूको भनाइ छ ।

दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरूप अगाडि बढ्ने बताइएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments