भूपू गोर्खा सैनिकले मानवसेवा आश्रमलाई दान गरेर विजयउत्सव मनाए
कार्तिक २०, २०७८ पोखरा- मानवको धर्म र कर्म के हो ?, देवि देवता, ईश्वर परमेश्वर कहाँ छन ?, देवता मान्ने र आरधाना गर्ने तरिका अनेक छन । मानवीय चेतना, धार्मिक आस्था, जात, भूगोल, समुदाय अनेक आधारमा धर्म मान्ने र कर्म गर्ने चलन छ । जस्ले जसरी धर्मको पालना गरेपनि हरेक धर्मको मुल उदेश्य एउटै हुन्छ लोक र हरेक प्राणीको कल्याण । धर्म र कर्मका अनेक उदाहरणीय रुप र स्वरुप भएपनि संसारमा सबैले मान्दै आएको एउटा पक्ष छ, त्यो हो परोपकार ।
समस्यामा रहेका मानिसलाई सेवा र सहयोग गर्नु नै मानवीय परम कर्तव्य मानेर बिहीवार गण्डकी प्रदेशका भूतपूर्व गोर्खा सैनिकले मानव सेवा आश्रमलाई दान गरेर आफ्नो विजय दिनलाई स्मरण गरेका छन । भारतको तर्फवाट ७३ बर्षअघि गोर्खा राईफल्सले पाकिस्तान बिरुद्धको लडाईमा नाघुनमा जित हासिल गरेको नोभेम्वर ४ लाई सम्झदै ५१ हजार भूपू गोर्खा राईफल्स नाघुन परिवारको तर्फवाट र व्यक्तिगततर्पmवाट १३ हजार रुपयाँ मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग गरेका थिए ।
७३ बर्षअघिको विजयलाई स्मरण गर्दै हरेक बर्ष गोर्खा राईफल्सको नाघुन परिवारले सामाजिक सेवामा सहयोग गर्दै आएको सुवेदार मेजर हनेरी क्याप्टेन तथा परिवारका अध्यक्ष ईन्द्रवहादुर गुरुङ्गले वताए र्र्। कुन क्षेत्रमा कस्लाई सहयोग गर्दा ठिक हुन्छ भनेर हामीले पहिला अध्ययन गरयौं । समस्यामा परेका मानिसहरुको खाना, वस्न, लगाउने कपडा र उपचार गरिरहेको मानव सेवा आश्रम सबैभन्दा ठिक लागेपछि सबैले यही सहयोग गर्ने निर्णय गरयौं’ अध्यक्ष गुरुङ्गले भर्ने कोरोनाले गर्दा दुई बर्ष सहयोग गर्न पाएका थिएनौं, अहिले कम भएकोले सहयोग गर्ने अबसर मिल्यो । भविष्यमा पनि यस्तै
सहयोग गरिरहनेछौ ।’
भूपू गोर्खा राईफल्स नाघुन परिवारका सल्लाहकार सुवेदार हनेरी क्याप्टेन टेकबहादुर गुरुङ्गले नाघुनमाथिको जित सबै गोर्खा सैनिकको लागि ऐतिहासिक गर्विलो दिन भएकोले सामाजिक काम गर्ने अवसर पाउँदा थप खुसी मिलेको वताए ।
अर्का भूपू क्याप्टेन कृष्णवहादुर गुरुङ्गले पाकिस्तान बिरुद्धको नाघुनमाथिको जितेको दिन नोभेम्वर ४ लाई विजयउत्सवको रुपमा मनाउनुका साथै मानवीय सेवाको काम पनि गर्दै आएको वताए ।
आश्रममा बच्चादेखि बृद्ध गरी करिव डेढ सय जना महिला रहेका छन । आश्रम सहयोग दाताहरुकै खाद्यान्न, लत्ताकपडा, नगद सहयोगवाट चलेको छ ।