पोखरा – मोदी गाउँपालिका–५, पर्वतका बाजुङवासीहरूले पोखरामा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्दै आएका सदस्यहरूको साझा संस्था बाजुङ पोखरा सम्पर्क समाजले आफ्नो ८ औं साधारण सभा तथा ४ औं अधिवेशन मिति २०८२ चैत्र ३ गते बिन्दबासिनी पार्टी प्यालेस, पोखरामा औपचारिक रूपमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा समाजका अध्यक्ष सागर पौडेलको सभापतित्व र गण्डकी प्रदेश सभाका सदस्य भक्त कुँवरको प्रमुख आतिथ्यतामा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन माथि व्यापक छलफलपछि पारित गरिएको थियो। यस अवसरमा आगामी दुई वर्षका लागि समाजको नेतृत्व सम्हाल्ने नयाँ कार्यसमिति पनि चयन गरिएको छ। निर्विरोध निर्वाचित कार्यसमिति जस्मा अध्यक्ष डिल बहादुर क्षेत्री, उपाध्यक्ष सान्त ब. क्षेत्री, मिना कुमारी ठकुरी, सचिव: गंगा ब. हमाल,कोषाध्यक्ष : ज्ञान ब. थापा, सह–सचिव :नविन अधिकारी, सदस्यहरू: ठाकुर शाही, तारा कुँवर, बम ब. कार्की, कपील चपाइ, जित बहादुर सेन हुनु भएको छ ।
सभापछि मिलन फाउण्डेशन नेपालका संरक्षक र मिलन ग्रुप अफ नेपालका सामाजिक व्यक्तित्व श्री दुर्गा गुरुङ मिलनको पुज्यनीय आमा सावित्री गुरुङको निवासमा बधाई तथा अभिनन्दन कार्यक्रम आयोजना गरी, कार्यसमितिको सफलताका लागि शुभकामना व्यक्त गर्दै औपचारिक रूपमा कार्यक्रमको समापन गरिएको थियो।
समाजले यस अधिवेशनमार्फत आगामी दुई वर्षका लागि संगठनात्मक मजबुती र सदस्यहरूको सहकार्यलाई थप प्रोत्साहित गर्ने उद्देश्य लिएको जनाएको छ।



