Homeसमाचार | NEWSखेलकुद | SPORTSबाजुङमा सुरु भयो खेलकुद तथा साँस्कृतिक कार्यक्रम, मिलन फाउण्डेसनको सहयोग

बाजुङमा सुरु भयो खेलकुद तथा साँस्कृतिक कार्यक्रम, मिलन फाउण्डेसनको सहयोग

पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा रहेको मोदी यूवा सञ्जाल (बाजुङ शाखा) को आयोजनामा बिहीबारदेखि पाँच दिने खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सुरु भएको छ।
विगतदेखि नै हरेक वर्षमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको शाखाले यस वर्ष ‘युवाहरुलाई खेलकुद तर्फ आकर्षण गराँ,ै स्वस्थ र समुन्नत समाजको निर्माण गरौँ’ भन्ने मूल नारा सहित बिजयादशमीको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै मिलन फाउण्डेसन नेपालकी कार्यवहाक अध्यक्ष देवी गुरुङले खेलप्रति गाउँमा रहेका यूवाहरुको चासो देखेर खुसी लागेको बताएकी छिन्। अवसर नपाएका कारण आफूहरुमा रहेको क्षमता प्रदर्शन गर्ने अवसर नपाएका धेरै यूवाहरुमा गाउँ गाउँमा रहेको बताउँदै उनले गाउँ गाउँमा रहेका क्लबहरुले यूवाको क्षमता प्रदर्शनमा चासो दिनु खुसीको कुरा भएको बताइन्। नेपालमा रहेका सँस्कृतिहरु मौलिक रहेकाले तिनीहरुको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै उनले मोदी यूवा सञ्जाल बाजुङ शाखाले गरेका कामप्रति आभार व्यक्त गरिन्। मिलन फाउण्डेसनले सामाजिक समस्यामा परेकाहरुलाई सहयोग गर्नेदेखि आर्थिक समस्याका कारण अध्ययनमा कठिनाई भोगिरहेका बालबालिकाहरु, खेलाडीहरु लगायतलाई पनि सहयोग गर्दै आइरहेको बताउँदै कार्यबहाक अध्यक्ष गुरुङले मोदी यूवा सञ्जालसँग आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा मिलन फाउण्डेसन सदस्य अम्मर बहादुर अधिकारीले पनि बोलेका थिए। उनले फाउण्डेसनले गाउँको विकासका लागि गरेको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिन पनि सहयोगलाई निरन्तरता दिइने बताए। सञ्जाल बाजुङ शाखाका अध्यक्ष दिपेन्द्र हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रप्रकाश पौडेल (सुमन) ले बताए।
कार्यक्रममा जिल्ला खुल्ला वडा स्तरीय पुरूष भलिवल प्रतियोगिता, प्रौढ भलिवल प्रतियोगिता, घैँटो फोर्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, पोलमा भाले प्रतियोगिता, महिलाका लागि डोरी तान्ने प्रतियोगिता, ठेलो फाल्ने प्रतियोगिता, आर्म रेस्लिङ लगायतका विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।
साँस्कृतिक तथा खेलकुदका सबै कार्यक्रमहरु स्थानीय महेन्द्र शिखरी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको कार्यक्रम असोजको १७ गतेसम्म सञ्चालन हुने छ। कार्यक्रमका खेल संयोजक मिलन थापाका अनुसार प्रतियोगितामा भाग लिन चहाने समूहरुले समूह दर्ता गर्ने क्रम चलिरहेको छ। बिहीबार एउटा उद्घाटन खेल खेलाइएको भए पनि शुक्रबारदेखि थप खेल सहित विभिन्न बिधाका खेलहरु सुरु हुने छन्।
प्रतियोगितामा पुरुष भलिबलका लागि प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमशः एक लाख एक हजार, ५१ हजार र २५ हजार रुपैयाँ नगद सिहत शिल्ड मेडल र प्रमाणपत्र, ४० वर्ष उमेर माथिको प्रौढ भलिवलका प्रथम र द्धितिय क्रमशः २५ र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र तोकिएको छ। यस्तै आर्म रेस्लिङको बिजेता बन्ने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने छ। भलिबलतर्फका बेस्ट स्पाईकर, बेस्ट प्लेयर, बेस्ट लिब्रो र अनुशासित खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको छ। साँस्कृतिक कार्यक्रमहरुतर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती सहितका कार्यक्रमहरु राखिएका छन्।
पुरुष भलिबलमा प्रथम पुरस्कार अन्तर्गत राखिएको एक लाख एक हजार रुपैयाँको सौजन्य समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले गरेका हुन्। बाजुङमा नै जन्मघर भएका गुरुङ हाल हङकङमा बस्दै आएका छन्। देश बाहिर रहे पनि देशभित्रका विभिन्न कार्यक्रममा सघाउँदै आएका उनले विगतमा पनि बाजुङ सहितका ठाउँमा आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन्। समाजसेवी गुरुङले नै मिलन फाउण्डेसन संस्था स्थपना गरेर आफ्नो एकल लगानीमा सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। कतिपय संस्थाहरुलाई दाताले सहयोग गरेर सामाजिक सेवाका क्षेत्रमा लगानी गर्ने गरेको भए पनि गुरुङले आफ्नो कमाईको रकमलाई नै सामाजिक रुपमा खर्चिने गरेका हुन्।
सामाजिक सेवाको कामले समस्यामा परेकाहरुलाई सहयोग गर्दा आत्मसन्तुष्टी मिल्ने भएकाले आफूले संस्थाकोतर्फबाट शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा काम गरिरहेको मिलन फाउण्डेसनका संरक्षक गुरुङ बताउँछन्।
यस्तै दोस्रो पुरस्कार ५१ हजार राशीको सौजन्य पूर्व भलिबल खेलाडी राजु शर्माले र तोस्रो पुरस्कार २५ हजार रुपैयाँ मोदी गाउँपालिका–६ तिलाहारले सौजन्य गरेको छ।
यस्तै प्रौढ पुरुष भलिबलतर्फको पहिलो पुरस्कार २५ हजार रुपैयाँको सौजन्य हङकङमा रहँदै आएका सुरज शर्माले र १५ हजार राशीको दोस्रो पुरस्कार चन्द्र अधिकारी, आकाश अधिकारी र किरण अधिकारीले सौजन्य गरेका छन्।

यो कार्यक्रमको मिडिया पार्टनरको काम समेत यही अनलाईन मिलनवल्डन्यूज डट कमले गरिरहेको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments