Homeसमाचार | NEWSनेपाल | NEPALमिलन किवी फर्मद्वारा आयोजित २ दिने क्षमता अभिवृद्धि, कृषी अवलोकन भ्रमण सम्पन्न

मिलन किवी फर्मद्वारा आयोजित २ दिने क्षमता अभिवृद्धि, कृषी अवलोकन भ्रमण सम्पन्न

पोखरा — ‘वैदेशिक लगानी स्वदेशी उत्पादन, कृषिमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सामाजिक रूपान्तरणको मार्गमा अग्रसर मिलन ग्रुप अफ नेपाल अन्तर्गतको संस्था मिलन किवी फर्मले दुई दिने पर्यटन तथा क्षमता अभिवृद्धि कृषी अवलोकन भ्रमण -२०८२ सफलतापूर्वक सम्पन्न गरेको छ।  सामाजिक तथा कृषि क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आउनुभएका मिलन ग्रुप अफ नेपालका संयोजक, समाजसेवी दुर्गा गुरुङ ‘मिलन’को अगुवाइमा यो भ्रमण आयोजना गरिएको थियो।

भ्रमणको पहिलो दिन (जेठ १०) पोखरा १८, स्थित नयाँगाउँ रिसोर्टमा सुरु भएको कार्यक्रम मिलन कृषि फर्मका सदस्यहरूको लागि अनुभव आदान–प्रदान तथा कृषि–पर्यटन अवलोकनमा केन्द्रित रह्यो। सहभागीहरूले विभिन्न कृषि अभ्यासहरू — जस्तै जैविक वन कुखुरा पालन, भैँसी पालन, हरियो सजीव पत्र खेती, मौरीपालन — र मनोरञ्जनात्मक पक्षको रुपमा एड्भेन्चर पिङ, मिनी एयरप्लेन भ्रमणजस्ता गतिविधिहरूको अध्ययन गरे।
यी गतिविधिहरूले सहभागीहरूलाई कृषिको आधुनिक रूप र यससँग जोडिएको सम्भावनाबारे व्यवहारिक ज्ञान दिन सहयोग पुर्‍यायो। यस किसिमको समन्वयले कृषिलाई पर्यटनसँग जोडेर नयाँ रोजगारी र आम्दानीका स्रोत खोल्न सकिने देखाएको सहभागीहरूको बुझाइ थियो।

कार्यक्रममा सहभागी कृषि विज्ञ होमबहादुर थापा मगरले नेपालको कृषिमा विद्यमान सम्भावना, अवसर र चुनौतीहरूबारे जानकारी दिँदै कृषिलाई व्यवसायिक बनाउन आवश्यक नीतिगत र व्यवहारिक पक्षहरूमाथि प्रकाश पार्नुभयो। मिलन किवी फर्मका सुपरभाइजर तारा दर्जीले आर्या अर्गानिक अलैँची फर्म, आयुक कृषि फर्म तथा मिलन किवीको प्रगति विवरण प्रस्तुत गरे। पूर्व सुपरभाइजर मिलन हमालले भ्रमण अत्यन्तै जानकारीमूलक, ज्ञानवर्धक र उपयोगी भएको बताउँदै यस्तो अवलोकनले नयाँ सोच र व्यवहारिक सीप सिर्जना गर्ने मात्र होइन, पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धिको ढोका खोल्न सकिने उल्लेख गर्नुभयो।

समाजसेवी दुर्गा गुरुङको नेतृत्वमा स्थापना भएका संस्थाहरूले नेपालमा कृषि, पर्यटन, शिक्षा र समाजसेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्। पर्वत जिल्ला अन्तर्गतको बाजुङलाई कृषि पर्यटनसँग जोड्ने दीर्घकालीन लक्ष्यसहित उहाँले आफ्नो जन्मभूमिमा कृषि फर्म दर्ता गरि कार्यक्रम विस्तार गर्ने योजनामा हुनुहुन्छ। उहाँको विश्वास छ — कृषिमा आत्मनिर्भरता हासिल भए मात्र देश समृद्ध बन्न सक्छ।

यो दुई दिने भ्रमणमा मिलन फाउन्डेशन नेपालका कार्यबाहक अध्यक्ष देवि गुरुङ, सचिव अमर अधिकारी, कार्यालय सचिव मिना गुरुङ, मिलन वर्ल्ड न्युजका प्रवन्ध निर्देशक एवं फोटोग्राफर मणिलाल गुरुङ, लेख बहादुर दर्जी, फर्म हेरचाहकर्ता सुस्मिता परियारसहित जम्मा १६ जनाको सक्रिय सहभागिता थियो।

 

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments