३१ मार्च, हङकङ ।
सातौं महिला तथा आठौं खुल्ला पुरुष भलिबल प्रतियोगिता, नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा वार्षिक कार्यक्रम सम्पन्न भएको छ । पर्वत क्लब हङकङको आयोजनामा ३१ मार्चको दिन बिहान १० बजेदेखि साँझ ११ बजेसम्म उक्त प्रतियोगिता चुनचुन वाटरफ्लाई हङकङमा भएको हो । सो अवसरमा मकाउ चाइनाबाट २ टिम गरि ९ पुरुष टिम र ७ महिला टिमले सहभागीता जनाएका थिए । पर्वत क्ल्ब हङकङको अध्यक्ष काजिमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रम पर्वत मञ्च हङकङको अध्यक्ष समाजसेवी दुर्गा गुरुङ “मिलन“ को प्रमुख आतिथ्यतामा भएको थियो । गुरुङले कार्यक्रम सफल्ताको शुभकामना सहित आउदो दिनमा पर्वतको नाम उच्च राख्ने गरि खेल्नु पर्नेमा जोड दिनुभयो । भविष्यमा पर्वतका खेलाडीहरुलाई पनि हङकङमा ल्याउने वातवरण मिलाउनु पर्ने मा जोडदिनु हुदै संपुर्ण बिजेता टिमहरुलाई बधाई तथा शुभ कामना दिनुभयो।
त्यस्तै विशेष अतिथिहरु पर्वत मञ्च हङकङका पूर्व संयोजक तथा पर्वत क्लबका सल्लाहकार मीन बहादुर गुरुङ, पर्वत पुनमगर समाज हङकङका अध्यक्ष समरस पुनमगर, आर्थर डाँडा खर्क समाजसेवा सहयोग समितिको अध्यक्ष सुरेन्द्र गुरुङ,समाजसेवी तथा व्यवसायीहरु सोनु गुरुङ र राज घले, दुर्लुङ सम्पर्क मञ्च हङकङका सल्लाहकार देवराजन गुरुङ, गोर्खा समाज हङकङका अध्यक्ष मानकाजी श्रेष्ठ , एच के दर्पणका अनिल गुरुन , आश गुरुङ, मिडीया मिलन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्र क्लबका सचिव तिलक गुरुङले संचालन गर्नु भएको थियो भने खेलकुद संयोजन फिरोज गुरुङले गर्नुभएको थियो
उक्त कार्यक्रममा बिभिन्न सांकृतिक कार्यक्रमको साथै बि बि क्यु , नेपाली परिकारको व्यवस्था गरिएको थियो।
प्रतियोगितामा पुरुष तर्फ पर्वत क्लब हङकङ प्रथम र मकाउ टिम द्वितीय हुन सफल भयो भने महिमा तर्फ पुन क्ल्बको टिम प्रथम र पर्वत क्लव हङकङ द्वितीय हुन सफल भए ।