पोखरा । नेपाल ईन्जिनियर्स एसोसियशन (NEA) को आगामी बैषाख २४ गते हुन लागेको ३३औं कार्यकारीणी समितिको राष्ट्रीय महाधिबेशनमा ई. देउ काजी गुरुङले उपाध्यक्षमा उम्मेदारी घोषणा गरेको छ ।
गुरुङले ई. डा. सुरज लामिछानेको “बृहत राष्ट्रीय प्रगतिशिल गठबन्धन” बाट उपाध्यक्षको उम्मेदारी घोषणा गरेको हो ।
गुरुङ थापाथली ईन्जिनीयरीङ क्याम्पसका उप-प्राध्यापक, नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समितिका उपाध्यक्ष र नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभाग सदस् समेत हुनुहुन्छ ।