Homeसमाचार | NEWSनेपाल | NEPALगुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) ले पोखरामा जग्गा खरिद गरे ।

गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) ले पोखरामा जग्गा खरिद गरे ।

गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) ले पोखरामा ६ आना २ दाम क्षेत्रफल भएको जग्गा खरिद गरेको छ ।

पोखरा, २६ भदौ २०८१, बुधबार ।

गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) ले पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे स्थित रातोडाँडा भन्ने ठाउँमा ६ आना २ दाम क्षेत्रफल रहेको जग्गा रु.५०,००,०००/- (पचास लाख) रुपैयाँमा खरिद गरेको छ ।

जिफानका अध्यक्ष गुञ्ज बहादुर गुरुङको अध्यक्षतामा र जिफानका सल्लाहकार एवम् संस्थाको कीर्तिमान सदस्य हङकङ निवासी दुर्गा गुरुङ मिलनको संयोजकत्वमा जिफानका कार्यसमिति, सल्लाहकारहरु र जिफान जग्गा खरिद तथा भवन निर्माण उपसमितिको संयुक्त उपस्थितिमा जिफानका कोषाध्यक्ष एवम् जिफान जग्गा खरिद तथा भवन निर्माण उपसमितिका संयोजक अर्जुन गुरुङले हिजो भदौ २५ गते मंगलवार भूमि व्यवस्थापन तथा अभिलेख विभाग मालपोत कार्यालयबाट जिफानको नाममा जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेको कुरा जानकारी गराएको हो ।

यसैगरी जिफानले जग्गा खरिद गर्ने प्रारम्भिक चरण पूरा भएपछि अबको दोश्रो चरणमा कार्यालय प्रयोजनका लागि अस्थायी संरचना बनाउनुको मुख्य कारण हङकङ, युके, जापान, अष्ट्रेलिया, अमेरिका लगायतका विभिन्न मुलुकमा रहेका सहयोग दाताहरुले सहयोग गर्ने प्रतिबद्धता आएको कुरा अध्यक्ष गुञ्ज बहादुर गुरुङले बताएको छ ।

यसैक्रममा जिफानका आजिवन सदस्य, तमु समाज हङकङका वरिष्ठ उपाध्यक्ष एवम् भूपू सैनिक संघ, हङकङका निवर्तमान अध्यक्ष (सल्लाहकार) मन प्रसाद गुरुङले रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एघार) रुपैयाँ सहयोग गरेको छ ।

यसैबीच जिफानको ८औं अधिवेशन यहि भदौ २९ गते पोखरा-८ नयाँबजार स्थित तमु धिं नेपालको सभाहलमा हुने भएको छ ।

चलचित्रको माध्यमबाट गुरुङ भाषा, संस्कार, संस्कृति, भेषभुषाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले २०५२ सालमा स्थापना भइ २०६५ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएको गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) को भदौ २९ गते शनिवार हुनेगरी संस्थाको ८औं अधिवेशनको मिति तय गरेको हो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments