Homeसमाचार | NEWSनेपाल | NEPALमन्दिर जीर्णोद्धार गर्न समाजसेवी गुरुङ परिवारले रु पचास हजार पाँच सय एक...

मन्दिर जीर्णोद्धार गर्न समाजसेवी गुरुङ परिवारले रु पचास हजार पाँच सय एक (५०५०१/-) आर्थिक सहयोग

मन्दिर जीर्णोद्धार गर्न समाजसेवी गुरुङ परिवारले रु पचास हजार पाँच सय एक (५०५०१/-) आर्थिक सहयोग
पोखरा, १२ असार
स्वर्गीय नरबहादुर गुरुङ को स्मृतिमा पुरानो घर पर्बत, बजुङ फाल्हाल्ने हाल पोखरा मोहरिया टोल निबासी श्री मती साबित्री कुमारी गुरुङ एवं छोरा हङकङ निवासी समाजसेवी दुर्गा बहादुर गुरुङ (मिलन)बाट पोखरा महानगर पालिका वडा नं. २, मोहरिया टोलका श्री कार्य सिद्धि विनायक मन्दिरको जिर्णोद्धार गर्नका लागि रु पचास हजार पाँच सय एक (५०५०१/-)  आर्थिक सहयोग गर्नुभएको छ ।

समाजसेवी गुरुङले गर्नुभएको पचास हजार पाँच सय एक (५०५०१/-)रुपैयाँ आर्थिक सहयोग आज शुक्रबार एक कार्यक्रमका बीच पो.मा. न.पा. वडानं २ का अध्यक्ष रामेश्वर मल्ललाई हस्तान्तरण गरिएको छ ।

पो.मा. न.पा. वडानं २ का अध्यक्ष रामेश्वर मल्लले, समाजसेवी गुरुङ र उहाँको परिवारप्रति सहयोगका लागि धन्यवाद दिँदै निःस्वार्थ सामाजिक कार्यमा लागेको कमी भएको बेलामा उहाँको सहयोग अमूल्य रहेको उल्लेख गर्नुभयो ।

मिलन ट्रस्टको सम्रक्षक समाजसेवी श्रीमती सावित्री गुरुङ र उहाँका छोरा मिलन फाउन्डेसन नेपालका सम्रक्षक दुर्ग बहादुर गुरुङ(मिलन)ले मिलन ट्रस्ट र मिलन फाउण्डेशन नेपालमार्फत् आफ्नो गृहजिल्ला पर्वत सहित पाल्पा, कास्की, लमजुङ, चितवनलगायतका जिल्लाहरूमा सामाजिक कार्यमा विशुद्ध आफ्नो कमाइबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments