Homeसमाचार | NEWSनेपाल | NEPALजिफान साँझ गरिदै

जिफान साँझ गरिदै

आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान)को आयोजनामा ‘जिफान साँझ’ हुन लागेको हो । संस्थाको जग्गा खरिद तथा भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्य ‘जिफान साँझ’को आयोजना गर्न लागिएको विहीबार (मंसिर–०१) गते पोखरामा भएको पत्रकार संमेलनमा जनाएको छ । कार्यक्रम पोखरा सभागृह हलमा गरिइने जिफानका अध्यक्ष गुञ्ज बहादुर गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङका अनुसार गुरुङ सामुदायको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका नृत्यहरु प्रस्तुत गरिने छ । कार्यक्रमबाट रुं ५ करोड रुपैयाँ संकलन गरिने, आयोजकको लक्ष्य रहेको छ । संस्थाका भवन निमार्ण पश्चात सवै चलचित्रकर्मी, भाषा, कला र सस्कृतिको प्रवद्र्धन तथा संरक्षण हुने विश्वास अध्यक्ष गुरुङ व्यक्त गरे ।

उक्त अवसरमा बोल्दै, संस्थाका महासचिव लब्सन गुरुङले गुरुङ समुदायको भाषा, कला र संस्कृति संरक्षणका लागि संस्थाले विभिन्न चलचित्र तथा गीतसंगीत लगायतका माध्यम मार्फत ठूलो भूमिका खेलेको दावी गरे । उनले २७ वर्ष देखि आफ्नो कला र सस्कृति जोगाउनमा लागिपरेको संस्थाको मुल्यांकन, गुरुङ सामुदायको छाता संस्था तमु धिं, पेंल्हु संघ लगायतका विभिन्न संघ संस्थाले गर्नुपर्ने बारे जोड दिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments