Homeमल्टिमिडिया | MULTIMEDIAगीत संगीत | MUSICकल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम्...

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम् ईन्दे्रणी कार्यक्रम हुँदै

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् ईन्दे्रणी कार्यक्रम २०७९ हुने भएको छ ।

‘लोक संकृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने मूल नाराका साथ कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाल रानीपौवा, पोखरा ११ले आयोजना गरिएको, वुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आगामी साउन १२ गते देखि पोखरा सभागृहमा हुने प्रतियोगिता साउन १५ गते सम्म चल्ने प्रतिष्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङ ह्योल्मोले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठा, पोखरा प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश, र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य रहेको छ ।  प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख, द्धितिय हुनेलाई ४ लाख रुपैयाँ, तृतीय हुनेलाई २ लाख रुपैयाँ र सान्त्वना हुनेलाई १ लाख रुपैयाँ नगद रहेको अध्यक्ष ह्योल्मोले बताउनुभयो ।

प्रतियोगितामा देश भरका कलाकारहरुको सहभागिता हुने प्रतिष्ठानका सचिव कलाकार जीवन दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार ४५ टीमले प्रतियोगितामा भाग लिनेछ ।

प्रतियोगितामा भाग लिनका लागि २ हजार रुपैँया दर्ता शुल्क लाग्नेछ भने सहभागि कलाकारहरुलाई प्रति समुह ३ हजार रुपैयाँ भत्ता स्वरुप नगद दिइनेछ ।

प्रतियोगिता हेर्नका लागि निशुल्क प्रवेश गर्न पाइनेछ । पहिलो पटक हुन लागेको प्रतियोगितामा नारायण राइमाझी र योगेन्द्र वस्नेतलाई रु २५ हजारले सम्मान गरिनेछ ।

शेरचनको जन्म उत्सवको अवसरमा पश्चिमाञ्चल स्तरिय कौरा (चुट्का) गीत प्रतियोगिता, कल्याण स्मारिका तथा जम्काभेट गीतिसंग्रह लोकार्पण, तथा स्रष्टा सम्मान कार्यक्रम, सम्मान तथा विविध काँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गरिसकेको छ । शेरचनको जन्म २००३ साउन १२ गते भएको थियो भने, मृत्यु २०६७ माघ २४ गते भएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments