Homeसमाचार | NEWSनेपाल | NEPALहुम बहादुर गुरुङ पुनः तमु धिं नेपालको अध्यक्षमा सर्वसहमत चयन

हुम बहादुर गुरुङ पुनः तमु धिं नेपालको अध्यक्षमा सर्वसहमत चयन

हुम बहादुर गुरुङ पुनः तमु धिं नेपालको अध्यक्षमा सर्वसहमत चयन

२७ असोज, पोखरा । तमु धिं नेपालको अध्यक्षमा पुनः हुम बहादुर गुरुङ सर्वसहमत रुपमा चयन हुनुभएको छ । शनीबार पोखरा–९ नयाँबजार स्थित तमु धिंको भवनमा भएको ३९ औं बार्षिक साधारण सभा तथा १६औं महाधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ जनाको पदाधिकारी चयन गरीएको हो । वरिष्ठ उपाध्यक्षमा सु.मे. श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा गीमाया गुरुङ, द्धितिय उपाध्यक्षमा नारायण गुरुङ रहनुभएको छ । त्यसैगरी महा–सचिवमा अधिवक्ता जुनाकुमारी गुुरुङ, सचिवमा जुमकाजी गुरुङ, सह–सचिवमा गोपाल गुरुङ, कोषाध्यक्षमा गम बहादुर गुरुङ र सह–कोषाध्यक्षमा सु.तुल बहादुर गुरुङ चयन हुनुभएको छ । थप कार्यसमिति सदस्यहरु पदाधिकारीको वैठकले चुन्नेछ भने, यस भन्दा अघिको कार्यक्रकालमा १९ कार्यसमिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शहरी विकास मन्त्रालय कन्त्री सिता गुरुङले गर्नुभएको थियो ।

उक्तअवसरमा बोल्नुहुँदै मन्त्री गुरुङले आदिवासी जनाजातिले गरेको धेरै संघर्षपछि वनेको संविधान लेखिएको संघियता गणतन्त्रण, धर्म निरपेक्षता र समावेसीतालाई संस्थागत गर्ने आधार तयार गरिएको बताउनुभयो । साथै निरंकुस व्यवस्थालाई समेत वदल्न सफल भएतापनि परितवर्त नभएको कतिको गुनासो रहेका जानकारी दिनुभयो । परिवर्तन हुुनका लागि समय लाग्ने बताउनुहुँदै महिला, दलित, आदिवासी जनाजाती लगायतका क्षेत्रमा भएको असमान्तालाई समान्ता गराउदै, विभिन्न पुर्वधारका विकास गर्नुका साथै मुलुकको समृद्धि गर्न तर्फ गठबन्धन सरकार लागी परेको बताउनुभयो । कार्यक्रममा संघिय प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुङ, गण्डकी प्रदेश सभा सदस्य द्धय बेद बहादुर गुुरुङ श्याम र सरस्वती गरुङ, छोज धि राष्ट्रिय परिषदका अध्यक्ष कर्ण बहादुर गुुरुङ लगायतले हक अधिकार सुनिश्चितका लागी सवै एकतावद्ध रुपमा अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।

साथै पहिचानको मुद्धामा कही पनि नचुक्ने र तमुुवान सारमा ल्याउनुको साथै मात्रृ भाषलार्य सरकारी कामकाजमा ल्याउनका लागि ऐन बनाउनमा लागि पर्ने बताउनुभयो । अध्यक्ष हुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सु.मे. श्रीप्रसाद गुरुङले राख्नुभएको थियो भने, महासचिव अधिवक्ता जुना कुमारी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

सम्पूर्ण फोटो : फोटो एल्बम .facebook.com/media/set/?set=a.809091174559809&type=3 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments