Homeसमाचार | NEWSनेपाल | NEPALस्टार नेपाल मिडीया हबको अध्यक्षमा पवन प्रजापती चयन

स्टार नेपाल मिडीया हबको अध्यक्षमा पवन प्रजापती चयन

स्टार नेपाल मिडीया हब प्रालि एवम सिटी वान टेलिभिजनको सोमबार प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । पोखरामा भएको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पुनः पवनकुसमार प्रजापतीलाई चयन गरेको छ । स्टार मिडीया हबको प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा दितीय उपाध्यक्षमा चिनु गुरुङ ,सचिवमा सुरेश श्रेष्ठ ,कोषाध्यक्ष विनोद भुजेललाई चयन गरेको छ । नयाँ कार्य समिती सदस्यमा चन्द्र कुँवर, सुष्मा थापा पाण्डे, सुनिता गिरी ,सन्तोषकुमार श्रेष्ठ ,कमल सुनार र सुदिप प्रधानाङ्ग चयन गरेको छ ।

 

कार्यक्रममा बोल्दै निवार्चीत अध्यक्ष प्रजापतीले सेयरधनीहरुलाई निराषा हुन नदिने बताउदै सबै सेयर सदस्यहरुलाइ समेटेर लैजाने योजना रहेको बताउनुभयो । संस्थालाइ अझ बढी सहकार्यका साथ काम गरेर नाफा मुलक संस्था बनाउनकालागि सबै सेयर सदस्यहरुले आ आफ्नो समय अनुकूल सहकार्य गर्न आग्रह समेत गर्नु भयो । यस अघिको कार्यसमितीमा रहेर सहकार्य सहयोग गर्ने सबैलाइ धन्यवाद समेत व्यक्त गर्नुभयो ।

 

कर्मचारी ,विज्ञापनदाता तथा सम्पूर्ण शुभेक्छुक महानुभावहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत निरन्तर रुपमा सहयोगको अपेक्षा रहेको बताउनुभयो । संस्थाको प्रथम अधिवेशनकोे निर्वाचन मण्डलमा संयोजक नारायण कोइरला र सदस्यहरुमा रामजी न्यौपाने र विष्णु गौतम रहनुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments