१३ जनवरी २०२४ शनिबार, हङकङ
चोकफुङ ईन्टरटेनमेन्ट प्रा लि को ब्यानरमा रबिनकुमार नाल्बो द्वारा प्रस्तुत लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र सुगुपको हङकङ बाट प्रदर्शन सुरु हुने भएको छ। हङकङमा आयोजित जानकारी सभामा प्रस्तुतकर्ता रबिनकुमार नाल्बोले आफ्नो प्रेसबक्तब्य प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका हुन्।
करोड नेपाली रुपैयाँ लगानी भएको चलचित्र सामाजिक तथा पारिवारिक चलचित्र सुगुप लिम्बू भाषा संस्कार संस्कृतिको सम्बर्द्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उदेस्यले निर्माण गरिएको हो। लोकेन साँबाको कथा निर्देशन रहेको सुगुपको पटकथा देबेन्द्र खापुङले लेखेका हुन् भने युवराज राई बिरबहादुरले यस्को छाँयाङकन गरेका छन् । यासेली योङहाङ र जानु काम्बाङको गीतमा अशोक लोहरुङ राईले संगीत भरेका छन् भने राजेसपायल राई,अन्जु पन्त,मनु नेम्बाङ,सुनिता थेगीम,भिम लिम्बू ,रुकमान लिम्बू हरुको स्वर रहेको सुगुपको नृत्यनिर्देशन कमल राईले गरेका हुन् ।
नेपाल तथा भारतमा छाँयाङकन गरिएको सुगुपमा प्रेम सुब्बा,यासेली योङहाङ,मौसम ईम्बुङ लिम्बु(फुलेन्देको बाउ),बबिता नेयोङहाङ,डम्बरकुमारी पयाङगो मेन्याङबो,निता लिम्बू,एमके योङहाङ,तिर्थ मादेम्बा,रुकमान लिम्बू,सैलेन्द्र कुमार नाल्बो,सुम्निमा खापुङ,योमन सोदेम्बा,उदय बेघा,रबिन कुमार नाल्बो, लगायत थुप्रै कलाकार हरुले अभिनय गरेका छन् । बिपिन मल्लले सम्पादन गरेको सुगुप चलचित्रमा सुनयमान श्रेष्ठले साउण्ड डिजाइन गरेका छन् ।
सिक्किम बेलायत र नेपालमा पनि सिघ्र प्रदर्शन हुने जानकारी प्रस्तुकर्ता रबिनकुमार नाल्बोले जानकारी गराए। सैलेन्द्र कुमार नाल्बो,दिलमाया लाबुङ नाल्बो निर्माता एल पि साँबा लिम्बू, मनिसा सुब्बा नाल्बो, श्री प्रसाद माबो,राम प्रसाद पंधाक सहनिर्माता रहेको सुगुप चलचित्र हङकङमा १० फेब्रुअरी २०२४ सनिवार बेलुकी ५:०० बजे र ७:०० बजे GH wahmpoa cinema wahmpo plaza को हल १,२,३,४ मा प्रदर्शन हुने भएको छ।