समाजसेवी दुर्गा घोताने तमु (मिलन)ले तमू सञ्चारकर्मीसंघमा १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना
पोखरा । सामाजिक अभियन्ताको रुपमा पहिचान स्थापित बनाउनु भएका समाजसेवी दुर्गा घोताने तमू (मिलन) तमू (गुरुङ) सञ्चारकर्मीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार स्थापना गर्नु हुने भएको छ । उहालाई मंगलबार पोखरामा तमू सञ्चारकर्मी संघ, नेपालले गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोन्धन गर्नुहुदै सञ्चारकर्मीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार स्थापना गरिदिनुहुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पुरस्कार स्थापनाको लागि १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने बताउनुभयो । करिब एक महिनाको नेपाल बसाईलाई बिट मार्दै हङकङ प्रस्थान गर्दै तयारीमा हुनुभएका उहाँलाई तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल केन्द्रीय समिति र कास्की शाखाले संयुक्त रुपमा स्वागत गरेको थियो ।
स्वागत कार्यक्रममा तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका केन्द्रीय सल्लाहकार एवं संस्थापक संयोजक हुम तमू, केन्द्रीय अध्यक्ष रबिन तमू, कास्की जिल्ला अध्यक्ष युग बहादुर तमू लगायत तमू (गुरुङ) सञ्चारकर्मीहरुको सहभागिता थियो ।
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार – २०:०५:०६ बजे