Homeसमाचार | NEWSव्यापार | BUSINESSसंयुक्त गुरुङ समाज अमेरीकाको टोली गुरुङको अनुसन्धानका लागि एक महिने नेपाल भ्रमणमा

संयुक्त गुरुङ समाज अमेरीकाको टोली गुरुङको अनुसन्धानका लागि एक महिने नेपाल भ्रमणमा

संयुक्त गुरुङ समाज अमेरीकाको टोली गुरुङको अनुसन्धानका लागि एक महिने नेपाल भ्रमणमा
पोखरा, ०२ बिहिबार्।

संयुक्त गुरुङ समाज अमेरीकाको एक टोली गुरुङ जातीको अनुसन्धानको लागि एक महिना लामो नेपाल भ्रमणमा आउनुभएको छ । जस्मा संयुक्त गुरुङ समाज अमेरीकाको अध्यक्ष प्रदिप गुरुङ, उपाध्यक्ष एन बि गुरुङ, परराष्ट्र मन्त्रालय प्रमुख पदम गुरुङ, सल्लाहकार गंगाराम गुरुङ र सञ्चार कर्मी सहज गुरुङ गरी पाँच जना पदाधिकारी रहेका छन् ।

 

उक्त टोली सेप्टेम्बर १४ तारीख नेपाल आईपुग्नु भएको हो । वहाहरुले विशेष गरी गुरुङ जातीको पुर्ख्यौली भुमी गण्डक क्षेत्रको लम्जुङ, गोरखा, कास्की, तनहु, स्याङ्जा, मनाङ, मुस्ताङ लगायतका जिल्लाहरु भ्रमण गर्नेछ भने बिभिन्न संघ सस्थाहरु संग अन्तरकृया कार्यक्रमहरु समेत गरीने संयुक्त गुरुङ समाज अमेरीकाका अध्यक्ष प्रदिप गुरुङले जानाकारी दिनुभयो ।

उहाहरुले गुरुङ समुदाय भित्र बाज्झिएका अर्थात विवादस्पत धर्म र सस्कार भित्र रहेर अनुसन्धान गरी त्येहि अनुरुप संयुक्त गुरुङ समाज अमेरीका अघि बढ्ने अध्यक्ष प्रदिप गुरुङले बताउनु भयो । 

उनीहरुले आजसम्म कास्कीको धम्पुस, ताप्राङ र सिक्लेस भ्रमण गरी सकेको छ त्येस्तै असोज ४ गते शनिबार पोखरामा तमु प्ये ल्हु संघ, तमु अर्घौ सदन, तमु ह्युल छोज धी कास्की सँग छुट्टा छुट्टै अन्तरकृया कार्यक्रम र असोज २४ र २५ मा हुने तमु ह्युल छोज धी (गुरुङ राष्ट्रीय परीषद) द्वारा आयोजित तमु अन्तराष्ट्रीय सम्मेल्न मा समेत सहभागि हुनेछ |

उनीहरुको नेपाल भ्रमणलाई सहज बनाउन टास्क ईन्टरनेशनल होटेलका सञ्चालक तथा अधिवक्ता मिन गुरुङ र उहाको धर्मपत्नी तमु साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङले सहयोग गरीरहनु भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments