कास्की जिल्ला व्याडमिनटन संघ, पोखराको आयोजनामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुष १३ गतेदेखि पोखरा रंगशाला व्यडमिन्टन हलमा हुने प्रतियोगिता १६ गते सम्म चल्ने सोमबार आयोजित पत्रकार संमेलनमा जानकारी दिइएको छ ।
पर्यटन प्रवद्धन तथा खेल विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष शुशिल कुमार श्रेष्ठले जनाकारी दिनुभयो । उहाँका अनुसार मेन्सन सिंगलमा ४० जना र वुमन्स सिंगलमा ३० जना रहनेछन् ।
प्रतियोगितामा कन्चन पुर, सुर्खेत, उदयपुर, नेपालगञ्ज, रुपन्देही सुनसरी, काठमाण्डौ, कास्की, धादिङका खेलाडीहरुको सहभागिता रहनेछन् । त्यसैगरी ललितपुर, धनगढी, कैलाली, चितवन, भोजपुर, सर्लाही, सिन्धुपाल्चोक, लगायतका २५ जिल्ला ३ सय जना खेलडीहरुको सहभागिता हुनेछन् ।
प्रतियोगिताका लागि २५ लाख रुपैयाँ खर्च र ३० लाख रुपैयाँको आम्दानी हुने आयोजकको अनुमान रहेको अर्थ व्यवस्थापन उप–समिति संयोजक मिन गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न संघसंस्था र व्यक्तिगतको तर्पmबाट आर्थिक सहयोग भएको संयोजक गुरुङले बताउनुभयो ।