Homeसमाचार | NEWSनेपाल | NEPALल्वाङ गाउँको अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेट अध्यन-अवलोकन भ्रमण ...

ल्वाङ गाउँको अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेट अध्यन-अवलोकन भ्रमण सम्पन्न

ल्वाङ गाउँको अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेट अध्यन-अवलोकन भ्रमण सम्पन्न
२४ असार २०७९ शुक्रबार, पोखरा ।

तमु प्ये ल्हु संघ जिल्ला कार्य  समिति कास्की र तमु प्ये ल्हु संघ  जिल्ला महिला समिति कास्कीको संयुक्तरूपमा आयोजित दुईदिने  ल्वाङ गाउँ र अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेटको  अध्ययन अवलोकन भ्रमण सफलताको साथ सम्पन्न भएको छ ।

पहिलो दिन एैतीहासीक जन नेता सहीद हरी गुरुङ जन्मेको गाऊँ र ईतिहासमै देशको पहिलो गुरुङ प्रहरी महानिरिक्षक (IGP).हेम बहादुर गुरुङ जन्मेको गाऊँ तथा आन्तरिक तथा बाह्र्य पर्यटकहरुको गन्तव्य रहेको ल्वाङ गाउँमा तमु प्ये ल्हु संघ परिवारले त्यहाँको रितिरिवाज, रहनसहन र पर्यटन व्यवसायको अध्ययन अवलोकन गरेका थिए । बेलुकी रात्री भोज पछी तमु प्ये ल्हु संघ कास्की परिवारले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरेको थियो | संघका परिवारका सदस्यहरुले राती ८ बजे देखि ११ बजे सम्म खुब नृत्य गरे |

दोश्रो दिन ल्वाङ गाउँको पश्चिम नेपालको एक मात्र ठुलो चिया बगान र बगानमा उत्पादित चियाको प्रशोधन र बजार सम्बन्धी कुराहरूको अध्ययन अवलोकन गरे । गाउँ माथि १७०० मिटर उचाई लेकमा अबस्थित रहेको चिया बगान र फैक्टरीको अध्ययन अवलोकन गरि सके पछी तमु प्ये ल्हु संघ कास्की परिवार सबैले त्यहाँ उत्पादित नम्बर एक(१) र अन्य नम्बरको चिया २५० ग्राम देखि २ केजी प्याकेट घर लैजान खरिद गरेका थिए । यहाँ उत्पादित चिया नेपाल देश भित्र र बाहिर बिदेशमा बिक्री हुनेगरेको कुरा अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेट प्रा.लि.का संचालक एवं तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमुले बताउनु भयो र संघको सम्पूर्ण परिवारलाई उहाँले आफ्ना चिया बगान र फैक्टरीमा उत्पादित नम्बर एक(१) चिया २५० ग्रामको एक एक प्याकेट सबैलाई उपाहार दिनु भयो।

यसरी आयोजित तमु प्ये ल्हु संघ परिवारको दुईदिने अध्ययन अवलोकन भ्रमण टोली असार २३ गते ल्वाङ पुगेर २४ गते पोखरा फर्केका छन ।

फोटो एल्बम /  Photo Album – 1

ल्वाङ गाउँको अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेट अध्यन-अवलोकन भ्रमण

फोटो एल्बम /  Photo Album – 2

ल्वाङ गाउँको अन्नपूर्ण अर्गानिक टि तथा ल्वाङ टि स्टेट अध्यन-अवलोकन भ्रमण

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments