Homeसमाचार | NEWSसमाज | SOCIETYरोल्पामा तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमितिको दोश्रो अधिवेशन र प्यूठानमा जिल्ला...

रोल्पामा तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमितिको दोश्रो अधिवेशन र प्यूठानमा जिल्ला तदर्थ समिति गठन सम्पन्न

रोल्पामा तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमितिको दोश्रो अधिवेशन र प्यूठानमा जिल्ला तदर्थ समिति गठन सम्पन्न !
२०७८ कार्तिक ९ पोखरा ।
तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति रोल्पाको दोश्रो अधिवेशन कार्तिक ६ गते लिवाङमा सम्पन्न भएको छ ।
तेह्र सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा दिल बहादुर कोने तमु पुनः निर्विरोध चयन भएको छ भने उपाध्यक्षमा नवीन लम तमु, सचिवमा बन्दना लेम तमु, कोषाध्यक्षमा एकता घले र सहसचिवमा कुमार घले चयन भएका छन । यसैगरी सदस्यहरुमा भक्त बहादुर टुक्ल्हेप्री तमु, नरेश लेम तमु, गणेश लेम तमु, कामना लम तमु, बोम कुमारी लेम तमु, लिला घले, नन्दलाल कोने तमु र भुपाल ल्हों तमु रहेका छन ।
तमु प्ये ल्हु संघ, केन्द्रिय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनलाई सफल पार्न केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक देवि बहादुर प्हच्यु तमु, महासचिव हर्क योज तमु, केन्द्रिय सदस्य महेन्द्र जंग तमु, गण्डकी प्रदेश समितिका सचिव मोम प्रसाद क्रोम्छें तमु (मिलन), लुम्बिनी प्रदेश समितिका सदस्य दुर्गा बहादुर प्ल्हें तमु, जिल्ला महिला समिति कास्कीका अध्यक्ष अनिता तमु, सचिव उमा तमु, कोषाध्यक्ष खकिमाया क्रोम्छें तमु, सदस्यहरु पुष्प क्रोम्छें तमु, कमला प्हच्यु तमु र रिष्काशी थिम्जे तमुको विशेष उपस्थिति रहेका थिए । यसैगरी तमुस्यो ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद रोल्पाका पूर्व अध्यक्ष हिरा तमु, तमुस्यो ह्युल रोल्पाका वर्तमान अध्यक्ष पवित्र तमु, तमु ह्युल रोल्पाका अध्यक्ष मित्रलाल तमु लगायत तमु प्ये ल्हु संघ केन्द्रिय सदस्य मन्जु तमु, जिल्ला महिला समिति रोल्पाका अध्यक्ष तिर्सना घले आदिले अधिवेशनलाई सहजीकरण गरेका थिए ।
यसै क्रममा तमु साँस्कृतिक प्रतिष्ठान, नेपालका अध्यक्ष चित्र बहादुर सरब्ज तमुले प्रतिष्ठानले प्रदान गर्दै आएको यम कुमार तमु (त्रिलोक) छात्रवृत्ति र डा.शेष घले तथा जमुना घले छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति पाउनेमा तारा मा.वि.रोल्पाका टोप बहादुर तमु र तारा मा.वि.कै सन्जु घले रहेका छन ।
यसैगरी प्यूठानको मोति मा.वि.का छात्राद्वय शिवकला तमु र राधा तमुलाई तमु धिं एसोसिएसन यूके छात्रवृत्ति पनि वितरण गरेको छ ।
यसैगरी कार्तिक ७ गते तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद, प्यूठानका अध्यक्ष टि एस तमु र तमु प्ये ल्हु संघ, केन्द्रिय महासचिव हर्क योज तमुको समन्वयमा प्यूठानको बरौंलामा तमु प्ये ल्हु संघ, प्यूठान तदर्थ समिति गठन भएको छ ।
यसरी गठित नौ सदस्यीय तदर्थ समितिको अध्यक्षमा विकास प्हच्यु तमु, उपाध्यक्षमा हिमन्ती घले, सचिवमा मनिका र्हिला तमु, कोषाध्यक्षमा सुशील ल्हेंगे तमु र सहसचिवमा खगेश्वोर तमु चयन भएका छन भने सदस्यहरुमा रेखा ल्हों तमु, तुल्सी राम ल्हेंगे तमु, बोलमाया क्रोम्छें तमु र आदर्श तमु रहेका छन । यसैगरी सल्लाहकारहरुमा टीका ङोप्छे तमु, चन्द्रबहादुर लेम तमु र नुम बहादुर लेम तमु रहेका छन ।
यसरी सम्पन्न भएको तमु प्ये ल्हु संघ, रोल्पाको दोश्रो अधिवेशन र संगठन विस्तार क्रममा प्यूठानको बरौंलामा केन्द्रिय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमु, उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक देवि बहादुर प्हच्यु तमु र महासचिव हर्क योज तमुले आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुन गइरहेको नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सम्पूर्ण तमुहरुलाई आह्वान गर्दै तमुको अस्तित्व बचाउनका निमित्त पहिचानको धर्म “बोन धर्म” को विकल्प नरहेकोले बोन धर्म र तमु प्ये ताँ ल्हु ताँ बारे प्रशिक्षण समेत दिएका थिए ।
यसैगरी कार्तिक ८ गते तमु प्ये ल्हु संघ, जिल्ला समिति रुपन्देहीद्वारा आयोजित १२औं राष्ट्रिय जनगणना बारे सचेतना कार्यक्रम नगर इकाई बुटवलको नयाँगाउँ स्थित आप क्हर्बु क्ल्हे क्होइबो हलमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला समिति रुपन्देहीका अध्यक्ष क्या.भिम बहादुर ल्हों तमुको अध्यक्षतामा र केन्द्रिय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको प्रमुख आतिथ्यतामा भएको थियो भने जिल्ला समिति रुपन्देहीका सचिव ना.सु. कुश बहादुर क्रोम्छें तमुले औपचारिक संचालन गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments