Homeसमाचार | NEWSराजनीति | POLITICSराष्ट्रपतिले मध्यराति प्रतिनिधिसभा विघटन गरे | कात्तिक २६ र मंसिर ३ गते...

राष्ट्रपतिले मध्यराति प्रतिनिधिसभा विघटन गरे | कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका हुन् ।

संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभाको विघटन गर्न र पहिलोचरणमा कात्तिक २६ गते शुक्रबार तथा दोस्रो चरणमा मंसिर ३ गते शुक्रबार निर्वाचन गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा मन्त्रिपरिषद बैठकको सिफारिसबमोजिम कात्तिक २६ र मंसिर ३ गतेका लागि राष्ट्रपतिबाट निर्वाचन तोकिएको छ ।

यसअघि, राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवै जनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments