कार्यक्रमका शुभकामना मन्तव्य प्रमुख अतिथि नेपाल राजदुतावासका महामहिम राजदूत कृष्ण प्रसाद ढकाल , बिशेष अतिथि हामी नेपाली एशोसियशनका अध्यक्ष डा. दिनेश आचार्य र नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले दिएका थियो भने शुभकामना मन्तव्य तथा औपचारिक कार्यक्रम समापन कार्यक्रमका सभापति पासाङ रिन्जी शेर्पाले गरेको थियो ।
कार्यक्रममा महासंघ आबद्ध जातीय संघसंस्थाहरुले आ-आफ्नो जातीय भेषभुषा , झांकी , नृत्य, सांस्कृतिक नृत्य सहित आ-आफ्नो समुदायको पहिचान झल्काउने गरि विभिन्न कला र आफ्नो जातीय सामाग्रीहरुको स्टल प्रदर्शन गरेको थियो ।
कार्यक्रममा नेफिन युएई तथा समुदायको हितमा अनवरत रुपमा अतुलनीय योगदान दिएको भन्दै तमु समाज युएईका इन्द्र गुरुङ र पुर्णिमा गुरुङ,नेपाल मगर संघ शाखा युएईका राजु सिंजाली मगर र माया थापा मगर ,तामाङ समाज युएईका डिल्लीराम तामाङ र एभरिल तामाङ,किरात राई यायोक्खा युएईका कटक राई र भगवती चाम्लिङ राई , किरात याक्थुङ चुमलुङ युएईका दिपराज नेमोङहाङ र शर्मिला पन्दाक, नेवा पुच: युएईका हिरा लाल श्रेष्ठ र कुमार बलामी,शेर्पा किदुग युएईका सोनाम शेर्पा र माया शेर्पा,थारु कल्याणकारिणी सभा युएईका धर्म राज महतो र जानकी महतो,प्रवासी भुजेल समाज सेवा समिति युएईका प्रेम घर्ती भुजेल र जुन माया भुजेल,सुनुवार सेवा समाज युएईका रुद्र बहादुर सुनुवार र राम कुमारी सुनुवार सम्मानित भएका छन भने कार्यक्रम लाई भव्य र सभ्य बनाउन साथ र सहयोगी भुमिका निभाउनु हुने लाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरेको थियो ।
मिस्टर एण्ड मिस इन्डिजिनियसको उपाधी किरात राई यायोक्खा शाखा युएईका पदम खालिङ्ग राई र तामाङ समाज युएईका अञ्जुली लोप्चान तामाङले हात पारेको छ भने उत्कृष्ट झांकीमा शेर्पा किदुग युएई र उत्कृष्ट जातीय स्टलमा शेर्पा किदुग युएईले जित्न सफल भएको छ।प्रतियोगिताको निर्णयक भुमिका मा नेपाली समाजका अध्यक्ष सिपि सपकोटा,किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ राई ,तामाङ समाज युएईका अध्यक्ष एवं नेफिन युएईका संरक्षक समिति सदस्य महेश मोक्तान,नेफिन युएईका संस्थापक सदस्य एवं तमु समाज युएईका संरक्षक राजु गुरुङ ,संघिय समाजका अध्यक्ष बाबुराम लोप्चान र आदिवासी जनजाति युवा महासंघका पुर्व उपाध्यक्ष मिना श्रेष्ठ रहेका थिए ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएईको गत जुलाई १९ तारीख शुक्रबार २०१९ महाधिवेशन निर्वाचन संयोजक डेर राज गुरुङको निर्वाचन समितिले युएई स्थित कञ्चनजंग रेष्टुरेन्टमा सम्पन्न गरिएको सातौं औं महाअधिवेशन बाट महेश मोक्तानको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको थियो ।
नयाँ कार्यसमितिमा अध्यक्ष महेश मोक्तान,वरिष्ठ उपाध्यक्षमा,वरिष्ठ उपाध्यक्षमा बिजयलक्ष्मी राई,उपाध्यक्ष यम घर्ती भुजेल,उपाध्यक्ष डि. बि. समर्पण मगर,महासचिवमा कुमार बलामी,सचिवमा भिम दोङ तामाङ,प्रबक्तामा फलेन्द्र बलाम्पाकी मगर,कोषाध्यक्षमा वाशुदेव चौधरी,सह-कोषाध्यक्षमा ज्ञान बहादुर तामाङ,महिला प्रमुखमा आङग माया शेर्पा र सदस्यहरुमा मनु गाहा मगर,सुनिल मान श्रेष्ठ,रबिन सुनुवार,पुर्ण बहादुर सुनुवार,धर्मराज महत्तो,खोर बहादुर महत्तो,खडक बहादुर भुजेल,उर्मिला भुजेल,डम्बर लिबाङ,दुर्यो धन राइ,प्रवीण गुरुङ,सांगी डोल्म गुरुङ र कमल लावती चयन भएको छ। चयन भएका सम्पुर्ण पदाधिकारीहरु लाई पद तथा गोपिनियताको सपथ साथ प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिएका थिए।