Homeसमाचार | NEWSनेपाल | NEPALमुक्तक वाचन कार्यक्रम

मुक्तक वाचन कार्यक्रम

‘मुक्तकको उत्ठान, हाम्रो अभियान भन्ने मुल नाराका साथ नियमित मुक्तक वाचन गरिएको छ । मुक्तक मञ्च केन्द्रीय समिति पोखराको आयोजनामा पोखरा न्यूरोड स्थित हिमालयन रिर्डस कर्नरमा एक कार्यक्रम वीच मुक्तक बाचन गरिएको हो । महिनाको अन्तिम शनिबार नियमित रुपमा मुक्तक वाचन गरिदै आएको छ । शनिबार भएको मुक्तक वाचन कार्यक्रममा रमा खतिवडा, तारानाथ पराजुली, विना बराल, अम्विका ओझा, अमृता पौडेल, मनिषा पौडेलले मुक्तक वाचन गरेका थिए । कृष्ण सुवेदी, तेज वहादुर गुरुङ, मदन भण्डारी, शान्ति पोखरेल, सन्जिता लम्साल, अमृता पोखरेलले मुक्तक वाचन गरेका थिए । त्यसैगरी सुवास पौडेल ‘प्राञ्जल’, दिपक समिप, लक्ष्मण थापा, विष्णु अल्पविराम पोख्रेली, सरु भक्त श्रेष्ठ, रामजी प्रसाद आचार्य र नविन भण्डारीले पनि मुक्तक बाचन गरेका थिए ।

अग्रज साहित्यकार, नेपाल संगित तथा नाटय प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुक्तक मञ्चका सल्लाहकार सरुभक्तले मुक्तक वाचक विद्यार्थीहरुलाई आफ्नो पदचिन्ह छोड्न आग्रह गर्दै, शुभकामना व्यक्त गरे । उनले छलफल भन्दा पनि लेखनबाट मुक्तकको विकास हुने बताउर्दै, मुक्तक लेखनमा जोड दिए, साथै साहित्यबारे प्रकाश समेत पारेका थिए । कार्यक्रममा आसन्न मंसिर ४ मा हुन लागेको निर्वाचन बारे पनि कार्यक्रममा मुक्तक बाचन गरिएको थियो । मुक्तक मञ्च केन्द्रीय समिति पोखराका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नविन भण्डारीले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments