Homeसमाचार | NEWSमिलन फउन्डेसनद्धारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

मिलन फउन्डेसनद्धारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको संस्था मिलन फाउण्डेसनले पर्वतको बिकट ठाउँमा रहेको एक विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।
कास्कीको भदौरेसँग सिमाना जोडिएको पर्वतको मोदी गाउँपालिका–८ चित्रेको ओडारेमा रहेको पञ्चकोशी आधारभूत विद्यालयका विद्यार्थीहरुको लागि सोमबार न्यानो कपडा सहित प्रत्येक कक्षाका लागि भित्ते घडी वितरण गरिएको हो। समुदाय र शिक्षकहरुको कारण जिल्लाकै उदाहरणीय विद्यलायका रुपमा रहेको उक्त विद्यालयमा अध्ययनरत बालबालिका अभिभावकहरुको आर्थिक अवस्था कमजोर रहँदा चिसो मौसमा विद्यार्थीलाई कठिनाई भइरहेको थियो।

विद्यार्थीहरुको समस्यालाई बुझेर मिलन फाण्डेसनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ को एकल लगानीमा विद्यालयका २० जना बिद्यार्थीहरुलाई स्वीटर, ट्राउजर, टोपी लगायतका न्याना कपडाहरु वितरण गरिएको हो। ‘विद्यालय जिल्लाकै नमून ाबनेको छ। त्यहाँको अभ्यास सिको गर्नका लागि जिल्लाभित्र र बाहिरका मान्छेहरु पनि जाने गरेका छन्, तर त्यहाँका अभिभावकहरु सबैको आर्थिक अवस्था बलियो छैन्,’ सहयोगदाता गुरुङ भन्छन्, ‘धेरै नसके थोरैले भए पहिलो पटक विद्यालयलाई सम्झिन पाएको छु। त्यहाँका बालबालिकाहरुको अवस्था माथि उठाउन मेरो सहयोग त रहने नै छ।’
न्यानो कपडा वितरण हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेसनकी कार्यवाहक अध्यक्ष देवी कुमारी गुरुङले फाउण्डेसनले निस्वार्थ रुपमा सामाजिक सेवाका काम गर्दै आइरहेको बताउँदै विकट ठाउँमा रहेको विद्यालयमा सहयोग गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताईन्। फाउण्डेसनले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेको र सोही कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उनको भनाई छ।

‘हामीले निस्वार्थ रुपमा सहयोग गर्दै आइरहेका छौँ। शिक्षा, स्वास्थ्य र खेलकुद हाम्रो प्राथमिकतामा रहेका छन्। सोही कार्यक्रम अन्तर्गत फाउण्डेसनले विद्यार्थीहरुलाई सहयोग गरेको हो,’ उनले भनिन, ‘चित्रे नाम चलेको ठाउँमा पनि ओडारे त विकटमा रहेछ, कास्कीको सिमानामा विद्यालय रहेछ। यहाँ सबैका आँखा नपर्न सक्छन तर फाउण्डेसनलाई सहयोगका लागि यही ठाउँमा बोलाउनुभयो। हामी विद्यालय परिवारप्रति आभारी छौँ।’
विद्यालयकी प्रधानाध्यापक शुशीला गुरुङले मिलन फाउण्डेसनले गरेको सहयोग प्रशसंनीय रहेको बताउँदै समस्यामा रहेका विद्यार्थीहरुको लागि ठूलो राहत मिलेको बताईन्। दुर्गम ठाउँमा विद्यालय रहेका कारण सबैको नजर नजाने अवस्था रहे पनि आफूहरुले गरेको अनुरोध फाउण्डेसनले स्वीकार गरेर उपलब्ध गराएको न्यानो कपडाले बिद्यार्थीहरुलाई जाडो छल्न सहज हुने उनको भनाई छ।

कार्यक्रममा सरिक भएका मदरल्यान्ड एकेडेमी चितवनका प्रिन्सिपल अमृत मल्लले बिकट ठाउँमा रहेको भए पनि विद्यालयले शैक्षिक गुणस्तरमा गरेको प्रगति प्रशंसनीय रहेको बताए। सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु राज्यको निर्णायक तहमा रहनुले नै सामुदायिक विद्यालयको गुणस्तर कम भएको मान्न नसकिने उनको भनाई छ।
न्यानो कपडा वितरण कार्यक्रम फाउन्डेसनकी सल्लाहकार धनमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा भएको थियो। विद्यालयका शिक्षक मधुसोदन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा फाउन्डेसनको तर्फबाट जयप्रकाश गुरुङ र जीवन मल्लको पनि सहभागिता रहेको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments