Homeसमाचार | NEWSनेपाल | NEPALभोटेकोशीका होटल, रिसोर्टहरु सुचारु हुँदैछन्

भोटेकोशीका होटल, रिसोर्टहरु सुचारु हुँदैछन्

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । भोटेकोशी विश्वका १५ उत्कृष्ट बन्जी जम्पिङ साइटको सूचीमा परेको छ । कोभिड–१९ को महामारीका बेला अन्य पर्यटकीयस्थलमा जस्तै यहाँ पनि पर्यटकको चाप बढेको थियो । अब पर्यटकको सङ्ख्या बढ्दै गएपछि पर्यटन व्यवसायले गति लिन थालेको पर्यटन व्यवसायी शंकर भुजेलले बताए ।

उनका अनुसार भोटेकोशीमा बन्जी जम्पिङका लागि आउने पर्यटकमध्ये ९० प्रतिशत नेपाली रहेका छन् भने केही वर्षअघिसम्म विदेशी पर्यटकको सङ्ख्या बढी थियो ।

यहाँ बन्जी जम्प गर्न आएकी विराटनगरकी प्रतिक्षा घिमिरेले आफू अष्ट्रेलियाबाट छुट्टीमा आएको र यो साहसिक पर्यटनमा ‘प्रयास गर्न’ आएको बताइन् । भारतीय पर्यटक धर्मेन्द्र चतुर्वेदीले यहाँबाट बन्जी जम्प गर्न आफु उत्साहित भएको बताए ।

तल घुमिरहेको भोटेकोशी खोलाबाट १६० मिटर अग्लो झोलुङ्गे पुल। भोटेकोशीमा दैनिक औसत ३० जनाले बञ्जी जम्प गर्ने बताइन्छ। भोटेकोशी विश्वस्तरीय बन्जी जम्पिङका लागि मात्र नभई पदयात्राका लागि पनि उत्कृष्ट स्थल हो । भोटेकोशीका होटल तथा रिसोर्टमा पछिल्ला दिनमा पर्यटकको चाप बढ्दै गएका होटल व्यवसायीहरु बताउँछन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments