बाजुङ समाज हङकङद्धारा आयोजित अङग्रेजी नयाँ वर्ष २०२४, तमू ल्होछार/ल्होसार शुभकामना कार्यक्रम आइतवार ०७ जनवरीमा भव्यताका साथ सम्पन्न भएको छ । बाजुङ समाज हङकङ अन्तर्गतका ज्वाई, चेलीवेटीहरु भीन्जा भान्जीहरु लाई निमन्त्रणा गरी आमिन अर्गानिक फार्म ताई तोङ युनलोङमा भव्य सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गरिएको हो । बाजुङ समाज हङकङ पर्वत मञ्च हङकङको सदस्य संस्था हो । जुन संस्थाले कोभिडमा पर्वत जिल्लाको बाजुङमा मेडीकल सामाग्री लगाएत अक्सीजन, भुकम्प पिडितलाई राहत वितरण साथै गाँउमा परेको आपत बिपतमा सहयोग गर्दै आएको छ ।
उक्त कार्यक्रममा बाजुङ समाज हङकङका संस्थापक अध्यक्ष तथा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ (मिलन),
बाजुङ समाज हङकङका अध्यक्ष गोपाल गुरुङ, मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा कुमारी गुरुङ, मिलन फाउण्डेशन नेपालका वरिष्ठ सल्लाहाकार क्या हित काजी गुरुङ, राङभाङ समाजका अध्यक्ष हरि गुरुङ, तमु ट्हो ह्युला हङकङका पुर्व सचिव तथा वर्तमान सल्लाहकार युवराज गुरुङ, फोरेनर ते क्वाण्दो एशोसिएशन हङकङका संचालक मास्टर अरुण गुरुङ, बाजुङ स्वास्थ्य अक्ष्यकोषको संरक्षक सुरेश शर्मा, आयुक अर्गानिक कृषी फर्मका संचालक बिक्रम गुरुङ , संस्थाका सचिव सुवाश गुरुङ, आमिन कृषी फार्मका संचालक अमृत गुरुङ एच के दर्पणका व्यास्थापक अनिल गुरुङ लगायत बाजुङवासी तथा चेलीवेटी, भान्जा भान्जीहरुको विशेष उपस्थित रहेको थियो ।