पोखरा, १७ पुस
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५, बाजुङबाट कास्कीको पोखरा महानगरपालिकामा आइ बसोबास गर्ने बाजुङेहरूले स्थापना गरेको बाजुङ–पोखरा समाज, कास्कीको अध्यक्षमा पुनः क्या. रामकाजी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार सम्पन्न समाजको सातौं साधारणसभाबाट उपाध्यक्षमा जयबहादुर सुवेदी (जयलाल), सचिवमा तिलक पौडेल, सह–सचिवमा मीना मल्ल र कोषाध्यक्षमा पदमकुमारी सेन सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा ठाकुर शाही, वीरेन्द्र एसी, जमुना थापा, कपिल चापागाईं, गोविन्दप्रसाद पौडेल र कृष्णकुमारी ठकुरी चयन हुनुभएको छ ।
समाजसेवी सावित्रीकुमारी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाले सचिव तिलक पौडेलद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
समाजका अध्यक्ष क्या. रामकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तिलक पौडेलले सञ्चालन र जयबहादुर सुवेदी (जयलाल)ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा समाजका नयाँ आजीवन सदस्यलाई स्वागत तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो । नयाँ आजीवन सदस्यहरूमा जयबहादुर सुवेदी (जयलाल), डिलबहादुर खत्री, जमुना थापा र गोविन्दप्रसाद शर्मा रहनुभएको छ ।