Homeसमाचार | NEWSखेलकुद | SPORTSफेदीखोला चैते मेला भलिबल प्रतियोगिता जित्नेलाई रु. १,११,१११ पुरस्कार

फेदीखोला चैते मेला भलिबल प्रतियोगिता जित्नेलाई रु. १,११,१११ पुरस्कार

फेदीखोला चैते मेला भलिबल प्रतियोगिता जित्नेलाई रु. १,११,१११ पुरस्कार

७ चैत, २०७९ | फेदीखोला, स्याङ्जा

यही चैतको दोस्रो शाता स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो ।

क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टोलीले १११,,१११ र दोस्रो हुने टोलीले ७१,१११ प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई आयोजकले नै खानपिन र बासको व्यवस्था गर्ने छ ।

टोलीहरुले प्रतियोगितामा सहभागी हुनका लागि ५,००० प्रवेश शुल्क तिर्नुपर्ने छ । प्रतियोगिताको दौरान ४० वर्षभन्दा माथीका खेलाडीहरुको भेट्रान्स खेलसमेत हुने छ । भेट्रान्सतर्फ प्रथम हुने टोलीले लोकल खसी पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका कोषाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता सफल बनाउन स्वदेश तथा बिदेशमा रहेका सुभचिन्तकहरुबाट आर्थिक सहयोग जुटेको क्लबले जनाएको छ । प्रतियोगिताका लागि फेदिखोला गाउँपालिकाले समेत वडामार्फत ५० हजार बजेड छुट्टयाएको छ । मेलाको अवसरमा भलिबलका साथै घैटो फुटाउने, छेलो हान्ने खेल पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

मेला र प्रतियोगिताको दौरान स्थानीय र राष्ट्रिय कलाकारहरुले नृत्य र साङ्गितिक प्रस्तुति दिने छन् । सो अवसरमा चर्चित दोहोरी कलाकारहरु श्याम रानामगर, दुर्गा गुरुङ, शंकर बिरही गुरुङ, माया गुरुङ लगायत कलाकारले प्रस्तुती दिने आयोजक कलबका अध्यक्ष टुक बहादुर गुरुङ (देउता) ले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगितामा २० भन्दा बढी टोलीले सहभागीता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको छ ।

वि. स. २०५० सालमा स्थापना भएको हिमशिखर क्लबले नियमित रुपमा यस्ता खेलकुद कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments