११ जेठ, २०७९ | पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजबादी पार्टीका उम्मेदवार धनराज आचार्य र उप–मेयर पदमा नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरुङ पुनः विजयी हुनुभएको छ ।
विजय पश्चात बुधबार पोखरामा छुट्टाछुट्टै -याली निकालिएको छ । मेयर आचार्यको तर्फबाट पोखरा सभागृह चोकदेखि निकालिएको -याली न्यूरोड चिप्लेढुङ्गा, महेन्द्र पुल हुँदै नयाँबजार प्रदर्शनी केन्द्रमा पुगी कोण सभामा परिणत भएको थियो ।
जसमा गठवन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहनुभएको थियो । कोणसभामा बोल्नुहुँदै मेयर आचार्यले पोख्रेली नागरिकहरुलाई सुशासनको प्रत्याभुति दिने, अल्पकालिन तथा दीर्घकालिन योजनालाई क्रमिक रुपमा अघि वढाउने, जीवन यापन सरल बनाउनका लागि प्रथामिकता दिने बताउनुभयो । साथै विकासका लागि क्रमवद्धरुपमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी उप–मेयर गुरुङको तर्फबाट पोखरा सहिदचोकदेखि निकालिएको -याली रत्नचोक, सृजनाचोक हुँदै सभागृह हलमा पुगी कोणसभामा परिणत भएको थियो भने, -यालिमा नेकपा एमालेका कार्यकर्ता तथा नेताहरु सहभागिता रहनुभएको थियो ।
यसैगरी उपमेयर गुरुङले महिला अधिकारका बारेमा धेरै काम भएको र बाँकी कामलाई पूरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । गुरुङले आफु साझा व्यक्ती भएको बताउनुहुँदै, विकास निमार्णको काममा राजनीति गर्न नहुने पनि बताउनुभयो ।