पोखरामा “१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सोमबार देखि सुरु भएको छ । माछापुच्छ«े बैकको मुख्य प्रायोजन र कास्की जिल्ला टेनिस संघको आयोजना प्रतियोगिता भएको हो ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको प्रतियोगिको पहिलो दिन भेट्रान्सतर्फका ५१ प्रतिस्पर्धा समापन भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथी सिंगल्स र डबल्स प्रतिस्पर्धा सम्पन्न भएको छ ।
प्रतियोगितामा ४५ वर्ष माथी सिंगल्समा प्रदिप शाहले विरेन्द्र लामा ६–०, ६–२ ले, सिजर गुरुङले राम बहादुर विकलाई ६–१, ६–४, मिन पुनले पदम गुरुङलाई १–६, ६–१ र १०–३ ले पराजित गर्नुभएको छ । त्यसैगरी शरण गुरुङले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले, आशिष सिग्दलले अनुजा बास्तोलालाई ७–६, ६–४ ले, अमृत रोक्काले देव थापालाई ६–०, ६–१ ले पराजित गर्नुभयो ।
उत्तम वोगोटीले राजेन्द्र चापागाई लाई ६–४,६–१, रोहित सुनुवारले केबी लामालाई ६–१, ६–० ले, ठाकुर खनालले भिष्मराज पौडेललाई ७–६, ५–७, १०–७ ले, सुनिल श्रेष्ठले नारायण पाहारीलाई ६–१, ६–४ ले पराजित गर्दा शिव सुवेदीले एमडी यूनसलाई वाक ओभर दिएनुभएको छ ।
भारतका टि तुलेश्वर सिंहले नेपालका मनोज श्रेष्ठलाई ६–०, ६–१ ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ६–३, ६–३ ले, महेश श्रेष्ठले युेका वाल्टर स्मिथलाई ६–०, ६–० ले, गोपी भट्टराईले विकाश गुरुङलाई ६–४, ६–२ ले पाखा लगाउँदा बिमल गुरुङले मनोज ढुङ्गानलाई वाक ओभर दिएभएको छ ।
३५ वर्ष माथीको खेलमा सन्तोष खत्रीले दिपराना लाई ६–३, ६–१ ले, माधव भण्डारीले मनोज श्रेष्ठलाई ६–१, ६–१ ले, निरज थापाले प्रकाश राज वाग्लेलाई ७–५, ६–३ ले, जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–१ ले, पराजित गर्नुभएको छ । त्यसैगरी कमल भण्डारीले सरिन देउजालाई ६–०, ६–१ ले, देव क्षेत्रीले मिलन गर्वुजालाई ६–२, ६–३ ले, चेवाङ लामाले सविर मियाँलाई ६–०, ६–१ ले, चोम बहादुर शाहीले नवराज शर्मालाई ७–६, ६–१ ले, सम्दुप लामाले अनिल सेञ्चुरीलाई ६–३, ६–४ ले र सिमन्त गुरुङ लक्ष्मण तामाङलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्नुभएको छ ।
५५ वर्ष माथीको सिंगल्सतर्फ पहिलो चरणको प्रतिस्पर्धामा काजी गुरुङ, अनिल तुलाचन, एन दिलिप सिंह, कर्ण तामाङ, बिनोद कायस्थ, समिर शेरचन, सुरेन्द्र माकाजु र डियोनम लामाले आ–आफ्नो खेल विजयी हुनुभएको छ । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो ।