Homeसमाचार | NEWSनेपाल | NEPALपोखरामा राष्ट्रिय औद्योगिक मेला २०७९

पोखरामा राष्ट्रिय औद्योगिक मेला २०७९

पोखरा उद्योग वाणिज्य संघ पोखराको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ हुने भएको छ । पोखरा तथा राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनप्रवद्धन कृषिजन्य उत्पादनको प्रवद्धन तथा वजारीकरमा समेत टेवा पुग्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेला आगामी मंसिर १६ गते देखि २५ गते समम सञ्चालन गरिने शुक्रबार पोखरामा भएको पत्रकार संमेलनमा जनाएको छ ।

पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने मेला व्यवस्थापनको लागि २ सय ५१ सदस्यी मुल आयोजनक र संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति समेत गठन गरिएको छ । कार्यसमिति अन्तर्गत सल्हाहकार समिति साथै २५ वटा उपसमिति पनि गठन भइसकेको अध्यक्ष प्रजापतिले जानकारी दिए । उहाँका अनुशासार जम्मा २ सय ५० वटा स्टल मध्य डोमतर्पm ७८, आटो, ४५ र अन्य १ सय २० वटा स्थाल रहेका छन् ।

हस्तकला मेला, कृषि मेला, पूष्प मेला, अटो मेला, सांकृतिक कार्यक्रम लगायत मेलाको आकर्षण रहेको छ । मेलामा १ सय रुपैया प्रवेश शुल्क लाग्नेछ भने, विद्यार्थीहरुको लागि रु ६० रुपैया रहेको छ । मेलाबाट रु. १ करोड खर्च आम्दानी हुने अनुमान गरिएको छ भने, ८५ हजार खर्च रहेको र वाँकी १५ लाख रुपैया वचत हुनेछ । बचत रकमको उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments