पोखराका २०वटा संस्थाद्वारा तमुधिं यूकेका नवनिर्वाचित कार्यसमितिलाई सामूहिक स्वागत
मणी तमु गुरुङ ।
शनिबार, पुस ३०, २०७९ नेपाल भ्रमणमा आएको तमुधिं यूकेका नवनिर्वाचित कार्यसमितिलाई पोखरामा २० संस्थाले सामूहिक स्वागत, सम्मान र बधाई ज्ञापन गरेका छन् ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखरामा सक्रिय तमु संस्थाहरु, तमुधिं नेपाल, तमु प्ये ल्हु संघ केन्द्रीय समिति, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, तमु सांस्कृतिक प्रतिष्ठान नेपाल, गुरुङ कलाकार संघ, गुरुङ साहित्यिक मञ्च, हिमाली साँस्कृतिक परिवार लगायत २० वटा संघ संस्थाका अध्यक्ष, प्रतिनिधिले तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङसहित पदाधिकारी, कार्यसमिति सदस्य र टोलीमा सामेल सल्लाहकार, संस्थापक र निवर्तमान अध्यक्ष लगायतलाई स्वागत सम्मान गरेका हुन् ।
कार्यक्रममा सम्पूर्ण संघ संस्थाको तर्फबाट तमु धीं नेपालका अध्यक्ष हुम तमुले आफ्ना स्वागत मन्तब्य दिएका थिए भने तमु धीं युकेका अध्यक्ष हरी गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा स्वागत नृत्य हिमाली साँस्कृतिक परिवारले प्रस्तुत गरेका थिए भने स्वागत मन्तब्य तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर तमु(गुरुङ)ले दिएको थियो ।
कार्यक्रमको संचालन तमु धीं युकेका नेपाल प्रतिनिधि रि.मेजर लक्ष्मीप्रसाद गुरुङले गरेका थिए ।
तमुधिं यूकेको टोली शुक्रबार नेपाल आइपुगेको छ । तमुधिं यूकेमा डिसेम्बर अन्तिममा नयाँ कार्यसमिति चयन भएको थियो ।
Photo Album
https://www.facebook.com/media/set/?set=a.608140237988238&type=3