Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTपर्वत मञ्च हङकङद्वारा मिस हङकङ नेपाल अन्जना पुन मगरलाई बधाई तथा सम्मान

पर्वत मञ्च हङकङद्वारा मिस हङकङ नेपाल अन्जना पुन मगरलाई बधाई तथा सम्मान

हङकङ ।

पर्वत मञ्च हङकङले २८ जनवरी २०२४ मा ब्रिटिस गोर्खा भूपू रेस्टुरेन्टमा मिस नेपाल हङकङले आयोजना गरेको प्रतियोगितामा मिस नेपाल हङकङ २०२३ टाइटल जित्न सफल अन्जना पुन मगरलाई बधाई तथा सम्मान गरिएको छ । पुन मगर पर्वतकी चेली भएकोले अझ मनोबल अभिवृद्धि होस् भन्ने हेतुले बधाई तथा सम्मान गरिएको पर्वत मञ्च हङकङको अध्यक्ष दुर्गा गुरुङ ” मिलन”ले जानकारी गराउनु भयो । अध्यक्ष गुरुङले अब छिट्टै नेपालमा आयोजित मिस नेपालमा सहभागीको रुपमा जाँदै गरेकी पुन मगरलाई थप सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रमुख अतिथी पर्वत मञ्च हङकङका पूर्व संयोजक तथा वर्तमान सल्लाहकार, समाजसेवी मिन बहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै आफ्नै जिल्लाको चेलीलाई प्रोत्साहनको लागि बधाई तथा सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । गुरुङले यसबाट हौसला लिएर थप सफलता प्राप्त गर्न प्रेणित हुने विश्वास व्यक गर्नुभयो । मिस हङकङ पुन मगरलाई पर्वत मञ्च हङकङको अध्यक्ष दुर्गा गुरुङ “मिलन”ले र प्रमुख अतिथिले क्रमु, खदा, फूलको गुच्छा र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा पर्वत मञ्च हङकङका सल्लाहकारहरु हेम बहादुर पुन मगर, विकास गुरुङ, पर्वत पुन मगर समाज हङकङका अध्यक्ष समरास गर्बुजा पुन, दुर्लुङ सम्पर्क मञ्च हङकङका सह सचिव तथा प्रतिनिधि चन्द्र बहादुर गुरुङ , पर्वत पुन मगर समाज हङकङका सचिव मन बहादुर पुन मगर, एच के दर्पण का संचालक अनिल गुरुङ लगायतले बोल्नुभएको थियो ।

पर्वत मञ्च हङकङको अध्यक्ष दुर्गा गुरुङ “मिलन” को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक भिम गुरुङ “कान्छा” ले स्वागत र महासचिव आस बहादुर गुरुङले संचालन गर्नुभएको थियो । पर्वत मञ्च हङकङ नेपालबाट भुमन्डलीकरणले गर्दा हङकङ गइ बसोबास गर्ने पर्वतेलीहरुको छाता संस्थाको रुपमा स्थापित भएको हो ।जस अन्तर्गत दस वटा इकाई संस्थाहरु आवद्ध रहेका छन् । यस संस्थाले हङकङमा रहेका पर्वतेलीहरुसङ्ग भाइचारा बढाउदै, आफ्नो देश नेपालमा भइपरि आउने समस्याहरुमा साथ सहयोग गर्दै आइरहेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments