Homeसमाचार | NEWSप्रबास | NRNपर्वत मञ्च हङकङको दोश्रो पर्वत साँझको समिक्षा वैठक तथा सम्मान कार्यक्रम सम्पन्न

पर्वत मञ्च हङकङको दोश्रो पर्वत साँझको समिक्षा वैठक तथा सम्मान कार्यक्रम सम्पन्न

पर्वत मञ्च हङकङको दोश्रो पर्वत साँझको समिक्षा वैठक तथा सम्मान कार्यक्रम सम्पन्न

भदौ १  17th August हङकङ

पर्वत मञ्च हङकङको दोश्रो पर्वत साँझको समिक्षा वैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको समिक्षा गर्नुको साथै आय व्याय पनि प्रस्तुत गरिएको थियो ।

साँझबाट उठेको रकमबाट सम्पूर्ण खर्च कटाएर हङकङ डलर १ लाख २० हजार वचत गर्न सफल भएको पर्वत मञ्च हङकङको अध्यक्ष दुर्गा गुरुङ मिलनले मिलन वल्ड डट न्युज (www.milanworld.news) लाई  बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार अब छिट्टै नै पर्वतका दुई ठाउँमा आँखा सिविर आयोजना गरिने निर्णय भएको छ ।

उक्त अवसरमा हाल सालै सप्पन्न तमु ट्हो हङकङका सहकोषाध्यक्ष जमुना गुरुङ तथा महिला विभाग कोषाध्यक्ष उत्तर गुरुङलाई पर्वत मञ्च हङकङद्वारा बधाई सम्मान गरिएको थियो । अध्यक्ष दुर्गा गुरुङ मिलनले कर्मु, खदा र फूलको  बुकिले सम्मान गर्नुभएको थियो । सम्मानित दुबै चेलीहरुले आगामी दिनमा पर्वत मञ्च हङकङ र तमु ट्हो हङकङ बीच समन्वय गरेर काम गर्ने बताउनुभयो ।

साथै पर्वत मञ्च हङकङको वर्तमान सल्लाहकार अपुन एसके फाउन्डेसनको जन्मदिन  मनाएको जनाएका थिए । पर्वत मञ्च हङकङको अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव आस गुरुङले गर्नुभएको थियो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments