बेलायतबासी नेपाली समुदायको अग्रणी संस्था तमू धीं यूकेको २६ डिसेम्बर २०२२ मा सम्पन्न भएको अधिवेशनले आगामी दुई वर्षको लागि १२ औं कार्यसमितिको चयन गरेको छ । अधिवेशनले नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हरि गुरुङ, उपाध्यक्षमा जुमकाजी गुरुङ, परशु गुरुङ र कमल कोने गुरुङ चयन गरिएको छ ।
त्यसैगरी महासचिवमा डा. बिशाल गुरुङ, सचिवमा बिमल गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ, सहकोषाध्यक्षमा दुर्गा बहादुर गुरुङ, स्पोर्टस् सेक्रेटरी क्या दीपक घले, कल्चरल सेक्रेटरी साधुराम गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, मिलन तमु र मदन गुरुङ, युवा संयोजक राजेन्द्र गुरुङ, च्यारिटी संयोजक कुमार घले, प्रोपर्टी मेम्बर अरुण गुरुङ रहनुभएकोछ ।
सदस्यहरुमा भोज गुरुङ, मोति गुरुङ, लिदिया गुरुङ, हेलिसा गुरुङ, बिनु गुरुङ, चन्द्रादेवी गुरुङ, गुड्डु गुरुङ, नरबहादुर गुरुङ, दीपक गुरुङ र सोम घले सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ, उपाध्यक्षहरुमा कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ, महासचिवमा शान्ता गुरुङ, सचिवमा अञ्जु गुरुङ, कोषाध्यक्षमा मुना गुरुङ र सहकोषाध्यक्षमा श्रीमती ध्रुव गुरुङ सहित १५ सदस्यीय कार्यसमिति निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको औपचारिक पदभार ग्रहण यहि ३१ डिसेम्बर, शनिबार बेलुकी ५ बजे अल्डरसटस्थित अम्पायर हलमा नेपालका ख्यातिप्राप्त लोकगायक-गायिकाहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङ सहितको विशेष सांस्कृतिक प्रस्तुति सहितको ल्होछार कार्यक्रममा सम्पन्न गरिने बेलायतबाट भक्त गुरुङले बताउनुभएको छ ।
उक्त सांस्कृतिक कार्यक्रममा सम्पुर्णको गरिमामय उपस्थितिको लागि निमन्त्रणा गरिएको छ । नवनिर्वाचित अध्यक्ष हरि गुरुङ लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई गोर्खाली रेडियो पोखराको तर्फबाट हार्दिक बधाई र सफल कार्यकालको धेरै धेरै शुभकामना व्यक्त गरिएको छ ।