Homeसमाचार | NEWSनेपाल | NEPALटोलटोलमा गोर्खाली कार्यक्रम पुनः शुरु भयो !!!

टोलटोलमा गोर्खाली कार्यक्रम पुनः शुरु भयो !!!

टोलटोलमा गोर्खाली कार्यक्रम फेरि सुरु भएको छ । गोर्खाली रेडियो १ सय ६ मेघाहर्जको आयोजनामा बिहीबारदेखि पोखरामा कार्यक्रम सुरु गरिएको हो । चिउली पाचे तमु समाजको भवनमा भएको टोलटोलमा गोर्खाली कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चिउली पाचे तमु समाजका अध्यक्ष कप्तान शमशेर गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै कप्तान गुरुङले कार्यक्रमले लाहुरे परिवारलाई मात्र नभइ टोलका सबै परिवार प्रति सचेत गराउने विश्वास व्यक्त गर्नुभयो । गुरुङले आयोजक गोर्खाली रेडियोलाई धन्यवाद तथा खुसी व्यक्त गर्नुहुँदै, कार्यक्रमलाई निरन्तरता दिनका लागि आग्रह गर्नुभयो । यसैगरी चिउली पाचे तमु समाजका वरिष्ठ सल्लाहकार डब्लु.ओ.टु. गम बहादुर गुरुङले नजानेका र नसुनेका कुराहरु जान्ने अवसर पाएको जानकारी दिनुहुँदै, यस्ता कार्यक्रम हरेक बालबच्चादेखि जेष्ठनागरिक सम्म पोर्याउनुपर्नेमा जोड दिनुभयो ।

चिउली पाचे आमा समितिका अध्यक्ष एवं रेडियोका सल्लाहकार समाजसेवी पदम शोभा गुरुङले स्वर्गीय पति कर्णेल कमान सिंह गुरुङको सम्झानामा १ लाख पाँच रुपैयाँ प्रदान गर्नुभएको छ । टोलटोलमा गोर्खाली कार्यक्रमका संयोजक समाजसेवी डब्लु.ओ.टु. गम बहादुर गुरुङ र वहाँका धर्मपत्नी तिलकुमारी गुरुङले रु. २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गर्नुभएको छ । त्यसैगरी समाजका सदस्य समाजसेवी कप्तान जय बहादुर गुरुङ र उहाँका धर्मपत्नी, टौ माया गुरुङले रु २० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

समाजका अध्यक्ष कप्तान सम्सेर गुरुङले रु. १० हजार र चिउली पाचे तमु समाजबाट रु. १० हजार आर्थिक सहयोग गरिएको छ । त्यस्तै कलाकार, गीतकार, संगीतकार खिम गुरुङले रु. ५०००/ सहयोग गर्नुभएको छ ।

चिउली पाचे आमा समितिका अध्यक्ष समाजसेवी पदम शोभा गुरुङले कार्यक्रमले समाजमा भएका विकृति विसंगतिको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा रेडियोका निर्वतमान अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले लाहुरेहरुले गरेको गतिविधिबारे प्रस्तुतीकरण राख्नुभएको थियो । रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङले कार्यपत्र प्रतुत गर्नुभएको थियो भने, कानुनी सल्लाहकार अधिवक्ता जुना कुमारी गुरुङले लैङ्िगक हिंसा विरुद्धको कानुनी अधिकारबारे प्रकाश पार्नुभएको थियो ।

उक्त अवसरमा चिउली पाचे तमु समाजका सल्लाहकार एवं कार्यक्रम संयोजक समेत रहनुभएका समाजसेवी डब्लु.टु.ओ. बल बहादुर गुरुङ र धर्मपत्नी औ सुभा गुरुङले रु १ लाख १३ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

कार्यकक्रममा १ लाख भन्दा बढी रकम सहयोग गर्नुहुने चिउली पाचे तमु समाजका सल्लाहकार एवं कार्यक्रम संयोजक समेत रहनुभएका समाजसेवी डब्लु.ओ.टु. बहादुर गुरुङ उहाँका धर्मपत्नी औ सुभा गुरुङ र चिउली पाचे आमा समितिका अध्यक्ष एवं रेडियोका सल्लाहकार समाजसेवी पदम शोभा गुरुङलाई गोर्खाली ताराबाट सम्मान गरिएको छ ।

यसैगरि सहयोगदाताहरुलाई मायाको चिनो दिनुका साथै सम्मान पनि गरिएको थियो । कार्यक्रमका संयोजक समेत रहनुभएका समाजसेवी डब्लु.ओ.टु. बल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खाली रेडियोका अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङले धन्यवाद, उपाध्यक्ष कप्तान हितमान गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने, कार्यक्रम सञ्चालन सचिव चन्द्रवती गुरुङले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments