Homeसमाचार | NEWSनेपाल | NEPALटोलटालमा गोर्खाली ताङतिङ दूध पोखरी तमु समाजमा सम्पन्न l

टोलटालमा गोर्खाली ताङतिङ दूध पोखरी तमु समाजमा सम्पन्न l

गोर्खाली रेडियोको आयोजनामा भएको टोलटोलमा गोर्खाली कार्यक्रम ताङतिङ दूध पोखरी तमु समाजमा सम्पन्न भएको छ । पोखरा १२ स्थित ताङतिङ दूध पोखरी तमु समाजको भवनमा विहीबार भएको कार्यक्रममा रेडियोलाई १ लाख ५ रुपैयाँ प्रदान गर्नुहुने सु.मे. श्रीप्रसाद गुरुङ र उहाँका धर्मपत्नी बाल कुमारी गुरुङ गोर्खाली ताराबाट सम्मानित हुनुभएको हो । उहाँहरुलाई कार्यक्रमका अध्यक्ष डब्लुओटु बल बहादुर गुरुङ, प्रमुख अतिथि ताङतिङ दूध पोखरी तमु समाजको कावा अध्यक्ष बिरधोज गुरुङ लगायत रेडियो परिवारले गोर्खाली तारा, दोसल्ला, फूलमाला, मायाको चिनो र सम्मान पत्रले सम्मान गरेका थिए। उक्त अवसरमा ताङतिङ दूध पोखरी तमु समाजका संरक्षक तथा पूर्व अध्यक्ष समाजसेवीहरु चन्द्र प्रसाद गुरुङ र योमाया गुरुङलाई उत्कृष्ट सामाजिक कार्य गरे वापत सम्मान गरिएको थियो ।

सो कार्यक्रममा ताङतिङ दूध पोखरी तमु समाजमा आवद्ध देश तथा विदेशमा बसोबास गर्नुहुने सदस्यले सहयोगमा ३ लाख ३ हजार ६ सय पच्चीस रुपैयाँ प्रदान गरिएको थियो । नगद प्रदान गर्नुहुने सहयोगदाताहरुलाई रेडियो गोर्खालीका कार्यक्रम टोलटोलमा गोर्खालीका संयोजक एवं कार्यक्रमका अध्यक्ष डब्लुओटु बल बहादुर गुरुङ, रेडियोका अध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङ लगायत रेडियो गोर्खाली परिवारले धन्यवाद ज्ञापन गर्दै, सामाजका प्रतिनिधिहरुलाई मायाको चिनो र खादाले सम्मान गरेका थिए । कार्यक्रममा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तांतिङ दुधपोखरी तमु समाजका कार्यवहाक अध्यक्ष सु. विरधोव गुरुङले आदिवासी जनाजातीहरुले गरेका राम्रा कामहरु प्रचारप्रचारका अभावले बाहिर नआएको बताए । यस्ता काम र आवाजविहीनहरुको आवाजलाई रेडियो गोर्खालीले बुलन्द्ध पार्न साथै पिछडिएका वर्गहरुको अधिकार शुनिश्चितमा पुलको काम गर्नमा ठूलो भुमिका खेल्ने अध्यक्ष गुरुङले विश्वास गरे ।

विशेष अतिथि तांतिङ दुध पोखरी तमु समाजका संरक्षक पुर्व उपाध्यक्ष कप्तान धन बहादुर गुरुङले तमु सामुदायको अधिकार सुनिश्चितका लागि कार्यक्रमले टेवा मिल्नेबारे बताए । कार्यक्रममा विशेष अतिथि रेडियोका सल्लाहकार संयोजक मेजर लक्ष्मी प्रसाद गुरुङले गोर्खालीद्वारा संचालित संस्थाहरुको बारेमा र रेडियोका कानुनी सल्लाहकार अधिवक्ता जुना गुरुङले हिंसा भएमा कानुनमा रहेको व्यवस्थाको बारेमा प्रस्तुती राख्नुभएको थियो । तांतिङ दुधपोखरी समाजका पुर्व अध्यक्षहरु हर्कधोज गुरुङ, चन्द्र प्रसाद गुरुङ, सल्लाहकार तथा कलाकार सु.मे. जसवहादुर गुरुङ, रेडियोका कार्यसमिति , सल्लाहकार मिसेस पदम शोभा गुरुङ लगायतको उपस्थिती रहेको थियो । डब्लुओटु बलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्या हितमान गुरुङले स्वागत र सञ्चालन स्टेशन म्यानेजर खिमा गुरुङले गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments