रसुवा । गोसाइँकुण्ड गाउँपालिका वडा नं.६ धुन्चेबजारस्थित टुल्कु छोलिङ गुम्बाका प्रमुख लामा एवं बौंद्ध धर्मगुरु, शताब्दी पुरुष नुर्पु छोवाङ घलेको १०२ वर्षको उमेरमा आइतबार असामयिक निधन भएको छ ।
श्री सरस्वती आधारभूत विद्यालयका शिक्षक एवं सामाजिक अभियन्ता विमल घलेले गोर्खाली रेडियोसँग कुराकानी गर्नुहुँदैं प्रमुख लामा घलेको निधनले बौंद्ध धर्ममा र गोसाइँकुण्ड गाउँपालिकामा ठूलो क्षति भएको बताएका छन् ।