Homeसमाचार | NEWSनेपाल | NEPALछैटौं टुर दि पोखरा २०२२को तायारी पूरा ।

छैटौं टुर दि पोखरा २०२२को तायारी पूरा ।

छैटौं टुर दि पोखरा २०२२को तायारी पूरा भएको छ । ‘थोपा थोपा ईन्धन बचाऊ’ भन्ने नाराका साथ हुन लागेको टुर दि पोखरा पौष ६ गते विहान देखि ९ गते सम्म हुने साइकल सिटी पोखराले सोमबार आयोजित पत्रकार संम्मेलनमा जानकारी दिएइको छ । आगामी पौष ६ गते देखि हुने टुर दि पोखराको पहिलो दिन दोस्रो राष्ट्रिय मेयरकप साइकल दौंड प्रतियोगिता हुनेछ ।

टुर दि पोखरा संयोजक राजन गाेंगजुका अनुशासर पोखरा छोरेपाटन स्थित फुश्रेखोलाबाट सुरु गरिने प्रतियोगिताको आयोजना पोखरा महानगरपालिका खेलकुद विकास समितीको आयोजनामा हुन लागेको हो, जसमा साइकल सिटी पोखराको पनि सहभागिता रहने छ । पौष ७ गते बाग्लुङ कालिका मन्दिर देखी विन्ध्यवासिनी मन्दिर सम्म ७२ किलो मिटरमा साइकल ¥याली हुनेछ । त्यसैगरी पौष ९गते विहान प्रदर्शनीकेन्द्रदेखि साइकल ¥याली सुरु गरिनेछ । ¥याली पोखराका विभिन्न २३ स्थान हुँदै पूनः नयाँबजार स्थित प्रदर्शनीकेन्द्रमा पुगी समापन हुनेछ ।

कार्यक्रमा काठमाण्डौं, भैरवा, स्याङजा लगायत जिल्लाका र पोखराको साइकल चालकहरु १ हजार ५ सय जनाको सहभागिता रहने साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताउनुभयो । उहाँका अनुसार ५ सय जना वाहीरी जिल्लाका रहेका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments