Homeसमाचार | NEWSसमाज | SOCIETYगोर्खाली रेडियो १०६ मेगाहर्जद्धारा आयोजित ७ दिने उद्धोषण, तालिम समापन ।

गोर्खाली रेडियो १०६ मेगाहर्जद्धारा आयोजित ७ दिने उद्धोषण, तालिम समापन ।

पोखरा, माघ

रेडियो गोर्खाली १०६ मेगाहर्जद्धारा आयोजित ७ दिने उद्धोषण तालिम सोमबार समापन भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षिकाहरु र संघ संस्थामा आबद्ध व्यक्तिहरुका सहभागिता जनाइ गोर्खाली रेडियोको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । सो तालिम पौस २४ गतेबाट माघ ०२ गते सम्म सञ्चालन गरेको थियो ।

गोर्खालीका अध्यक्ष सुबेदार मेजर “श्री प्रसाद गुरुङले उद्घाटन गर्दै रेडियो गोर्खाली एक सामाजीक संस्था हो, यहाँ विभिन्न समाज वा समुदाय परिवर्तनका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएको छ, संस्थाले नेतृत्व विकास र भाषाण कलाको लागि उद्धोषण तालिम आयोजना गरिएको बताउनु भयो ।”

सो कार्यक्रममा परिक्षार्थीहरुको तर्फबाट कमला न्यौपाने, शोभा बस्नेत र कविता गुरुङले उद्धोषण तालिम र अनुभवबारे आफ्ना भावन विचार प्रस्तुती राखिएका थिए । त्यसैगरि कार्यक्रमलाई सकारात्मक र प्रभावकारी बनाउनका लागि पर्वतको मोदी गाँउपालिका-०५, बाजुङमा जन्मिएर हाल हङकङमा बस्दै आउनु भएका वरिष्ठ समाजसेवी दुर्गा गुरुङ (मिलन)ले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । स्वागत सहित कार्यक्रमको उद्देश्य माथि प्रशिक्षक इन्द्र गुरुङले प्रकाश पार्नु भएको थियो भने सञ्चालक रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments