पोखरा तथा यस आसपास बासोबास गर्ने गोर्खाली समुदायद्वारा स्थापित गोर्खाली रेडियोको दोश्रो नियम वैठक सम्पन्न भएकोछ । उक्त वैठकले यहि मंसिर २१ गते बुधबार चिउली पाचे तमु समाज पोखरामा टोलटोलमा गोर्खाली कार्यक्रम आयोजना गरिने निर्णय गरेकोछ । जसको संयोजकमा wo2 बल बहादुर गुरुङ रहनुभएकोछ ।
सो वैठकमा रेडियोका सल्लाहकारहरुलाई स्वागत, सम्मान र अभिनन्दन गरिएकोछ । कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक समेत रहनुभएका रिटायर मेजर लछिमी प्रसाद गुरुङ र उहाँका धर्मपत्नी हुम कुमारी गुरुङले १ लाख १ हजार १ सय पन्ध्र रुपैयाँ अक्षयकोष स्वरुप प्रदान गर्नुभएकोछ । यसबाट आएको व्याजले वार्षिक कार्यक्रम संचालन गर्न सहज होस् भनी अक्षयकोष स्थापना गरेको मेजर गुरुङ बताउनुहुन्छ ।
कार्यक्रममा सल्लाहकार एवं संस्थापक अध्यक्ष सावित्री गुरुङ, सल्लाहकार एवं गण्डकी प्रदेश सभाका पूर्व सदस्य मिना गुरुङ, कानुनी सल्लाहकार अधिवक्ता जुना कुमारी गुरुङ, सल्लाहकार एवं गोर्खा कम्युनिटिका अध्यक्ष क्या चोक बहादुर गुरुङ, सल्लाहकार एवं भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेटका अध्यक्ष कर्णेल कृष्ण बहादुर खत्री, सल्लाहकार श्रीमती कर्णेल पदम शोभा गुरुङ, सल्लाहकार शशि तुलाचन, सल्लाहकार क्या भुपाल सिंह गुरुङ, सल्लाहकार क्या मेक बहादुर गुरुङ ,भूपू समन्वय संयोजक एवं आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशका अध्यक्ष डिलु गुरुङ लगायतले बोल्नुभएको थियो । रेडियोका अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष क्या हितमान गुरुङ र संचालन सहसचिव मन्जु गुरुङ र स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको थियो । त्यसैगरी अध्यक्ष गुरुङ र उहाँका धर्मपत्नी बाल कुमारी गुरुङले साँझको खानाको व्यवस्था गर्नुभएको थियो ।