गोरखा कांग्रेसमा सभापतिका आकांक्षी धेरै, नन्द प्रसाद न्यौपाने को दाबी ।
गोरखा, सोमबार, २८ असार २०७८ । गोरखा कांग्रेस सभापतिमा नन्द प्रसाद न्यौपानेले दावी गरेका छन् । जिल्लामा कोइराला तथा गगन थापा ,पौडेल संगै देउवा समुहका नेताहरु आ-आफ्नो ठॉंउमा समुहको प्रतिनिधित्व गर्दे दाबी गर्ने देखिन्छ भने । न्यौपाने गगन थापा तथा कोईराला परिवारसंग नजिक मानिन्छन ।
साथै, पौडेल ख्यामाले पनि सहयोग गर्ने देखिन्छन । बर्तमान सभापति हरि घले तथा केंद्रीय सदस्य चिनकाजी श्रेष्ठ, कमला पन्त, लगायत शिर्ष नेताको सहयोग रहने देखिएको छ । उनीसंगै गोरखा नगरपालिकाका मेयर राजन पन्त उनको प्रत्याशीका रुपमा रहनेछन सम्भावना बढि छ भने ,भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र किरणबाबु प्रतिस्पर्धाको सम्भावना रहेको छ ।
युबाहरु माझ लोकप्रिय रहेका न्यौपाने गोरखा कॉंग्रेस पाटी सभापतिमा बलिया देखिन्छन । उनी गगन थापा, कोईराला परिवारसंग नजिक हुनुको साथै पौडेल ख्यामाले पनि सहयोग गर्ने देखिन्छ ।
सभापतिका आकांक्षा व्यक्त गर्ने नेताहरूले साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भएपछि मात्रै उम्मेदार घोषणा गर्नेछन् । कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ ।
भदौको १ र २ गते प्रदेश समितिको अधिवेशन, साउन २६ गते जिल्ला अधिवेशन हुदैछ । जिल्ला अधिवेशनअघि साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र २० गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन हुने भएको छ । त्यस्तै पालिका कमिटीहरुको अधिवेशन साउन १६ गते हुदैछ भने वडा कमिटीको अधिवेशन साउन १२ गते हुदैछ ।
क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।