Homeसमाचार | NEWSनेपाल | NEPALखिमा गुरुङलाई 'फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार'

खिमा गुरुङलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’

खिमा गुरुङलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’
२८ श्रावण, २०८१
गोर्खाली रेडियो कास्कीकी सञ्चालक एवं स्टेशन म्यानेजर खिमा गुरुङ ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८१’ बाट पुरस्कृत भएकी छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले आफ्नो रजत वर्षको अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहमा सञ्चारकर्मी खिमासहित ८ जना पुरस्कृत भएका हुन् । खिमालाई प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिज अध्यक्ष गजुरधन राईलगायतले प्रमाणपत्र, नगदसहित पुरस्कृत गरे । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (अनलाईन) ईलाम, विष्णु तामाङ (छापा) काठमाडौं पुरस्कृत भए । उनीहरुले पनि नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।

यस वर्ष फोनिज राष्ट्रिय पत्रकारिता सम्मान-२०८१ बाट भने विजयराज तुलाधर, पुष्पहरि क्याम्पा राई र लौव अग्रासन (थारु) पुरस्कृत भएकाछ ।

फोनिज मलेसिया सम्मान २०८१ बाट रेखीराम रानामगर र पुनम महतो चौधरीलाई पुरस्कृत गरिएको छ ।

फोनिजले आफ्नो स्थापना दिवस (साउन २७)मा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्ष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

समारोहमा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको व्यवस्थालाई आदिवासी जनजातीले प्रयोग गर्न नजानेको बताएका छन् । कतिपय स्थानमा विशेषाधिकार दिएको भन्दै उनले प्रयोग गर्न आग्रह गरे । अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातीले अग्राधिकार पाएको भन्दै यसलाई सदुपयोग गर्न पनि उनले आग्रह गरे ।

फोनिजका अध्यक्ष गजुरधन राईले संविधानले नै समावेशी सिद्धान्त अंगीकार गरे पनि आदिवासी जनजाती समुदायका पत्रकारले अझै संघर्ष गर्नुपरेको बताए । उनले पत्रकार महासंघको सदस्यता लिनबाट समेत बञ्चित हुनुपरेको उल्लेख गरे ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments