अग्रज खेलकर्मी महेश गुरुङलाई खेलका मुख्य प्रायोजक मेजर खुसीमान गुरुङ्गले सम्मान गरे
पोखरा २६, पुष | अग्रज खेलकर्मी महेश गुरुङलाई “पाँचौ स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं वगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को मुख्य प्रायोजक मेजर खुसीमान गुरुङ ‘एमभिओ’ र मंजु गुरुङ दम्पती, यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले सम्मान गरेको छ | मंजु गुरुङ र मेजर गुरुङ स्व.रञ्जित गुरुङका छोरी ज्वोई हुन् । “स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ ११ वर्ष अघि शुरु भएको हो । संस्थाले खेलकुद विकासका लागि विशेष योगदान दिंदै आएका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आइरहेको छ ।
“पाँचौ स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं वगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक भव्य कार्यक्रमका विच गरेका थिए ।
संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै अध्यक्ष गुरुङले प्रतियोगितालाई ११ वर्ष सम्म निरन्तर सहयोग गर्नेहरु प्रति आभार प्रकट गरे ।
४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको उक्त प्रतियोगितामा २५ टिमको सहभागिता हुने संस्थाका अध्यक्ष गुरुङले जनाएका छन् । भेट्रानहरुको संस्थागत रुपमा नेपाल मै पहिलो पटक शुरु भएको उक्त प्रतियोगितामा काठमाण्डौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिमहरुको सहभागिता छ ।
प्रतियोगीतामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने दुइ टिमलाई जनही नगद १० हजार उपलव्ध गराईनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ । अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता संचालन गर्न रु.२० लाख खर्च लाग्ने अनुमान गरीएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता माघ १ गते सम्म सञ्चालन हुने छ ।