प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्न नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ सुनसुकेले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा द्विपक्षीय सहयोग र आपसी सम्बन्धका बारेमा छलफल भएको थियो ।
राज्यमन्त्री टाकेईले नेपालमा मंसिर २० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रक्रियाको प्रशंसा गर्नुभयो भने प्रमुख आयुक्त थपलियाले निर्वाचन पर्यवेक्षण गरेकोमा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद दिनुभयो ।