पर्वत : मिलन प्रगतिशील महिला कृषक समूह फलाल्ने बाजुङले आइतबार नौमति पञ्चेबाजा गैरीगाउँ समूहलाई पोषक वितरण तथा लिङे पिङ उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १२ जान नौमति पञ्चेबाजा समूहलाई १/१ थान कालो टोपी , १/१ थान भाङ्ग्र र ट्रकसुट सेट प्रदान गरिएको थियो । प्रमुख अतिथि समूहकी संरक्षक साबित्री गुरुङ र अध्यक्ष दुर्गा अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेको कार्यक्रममा सल्लाहकारहरु जमदार लाल बहादुर मल्ल , जय बहादुर सुबेदी, मिलन बहादुर हमाल लगायतले बोलेका थिए । उक्त अवसरमा हाल हङकङ निवासी मिलन फाउन्डेसन नेपालका संरक्षक एवं मिलन डिजि इन्टरनेशनल प्रा. लि. का अध्यक्ष दुर्गा मिलन गुरुङले मोदि युवा सञ्जाल बाजुङ शाखाले आयोजना गरेको दुई दिवसीय वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गरी ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सो भलिबल प्रतियोगिता सोमबार समापन हुँदैछ । समुहकी अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार जमदार लाल बहादुर मल्लले र संचालन भक्त क्षेत्रीले गरेका थिए ।