पोखरामा पनि ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । दिवसको अवसरमा शनिबार पोखरा सृजनाचोकदेखि निकालिएको प्रभातफेरी रत्नचोक, राष्ट्रवैकचो हुँदै जिल्ला समन्वय समितिमा पुगी कार्यक्रममा परिणत भएको थियो । ‘न्याय सम्मान र मर्यादित रोजगार हामी सवैको सरोकार’ भन्ने मूल नाराका साथ मानव अधिकार महाभेला गण्डकी प्रदेश पोखरा, प्रदेश सरकार गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अऐन, कानुन, नियम लागु गर्नका लागि राज्यपक्ष भएतापनि आम नागरिक सवैमा चेतना जाग्नुपर्ने बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नागरिकदेखि राष्ट्रपतिसम्म सवैले आ–आप्mनो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरबासी सवैलाई सकेसम्म खुसी पार्ने कार्य गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लिलाधर पौडेलले मुलुकमा भएको कुसाशन, महंगि लगायतका विसंगति न्युनिकरणका लागि स्थानीय, प्रदेश र संघिय सरकार सवै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका रविलाल पन्थी, राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य, अधिवक्ता गोविन्द पौडेल, कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कोपिला नेपालका बालबालिकाहरुले सचेतनामुलक नाटक प्रस्तुत् गरिएको थियो ।