Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTS७औं गोर्खा कप हङकङको उपाधि गोल्डेन स्टार एफसी ।

७औं गोर्खा कप हङकङको उपाधि गोल्डेन स्टार एफसी ।

७औं गोर्खा कप हङकङको उपाधि गोल्डेन स्टार एफसीले चुमेको छ । त्यस्तै, जोर्डन एफसी यस वर्षको उपविजेता बनेको छ । संयोजक दिलबहादुर गुरुङका अनुसार युन लङ पार्कस्थित सकर पिचमा गत २५ डिसेम्बरमा गोर्खा ब्वाइज एचकेद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा जोर्डन एफसीलाई शून्यको विरुद्ध १ गोलले पराजित गर्दै गोल्डेन स्टार एफसीले उपाधि चुमेको हो ।

प्रतियोगितामा फेयर प्ले टिम सहारा क्लब एचके, उत्कृष्ट खेलाडी टंक गुरुङ, सर्वाधिक गोलकर्ता आर्यन राई र राईजिङ स्टारको उपाधि जोनाथन लिम्बुले जितेका छन् । प्रतियोगितालाई सफल पार्नका लागि अध्यक्ष नैना सिंह गुरुङ, उपाध्यक्ष तिलक गुरुङ, संयोजक दिलबहादुर गुरुङ, सचिव तीर्थ गुरुङ र मुख्य सल्लाहकार धनप्रसाद गुरुङको विशेष भूमिका रहेको थियो । चिजमान गुरुङ प्रमुख अतिथि र ओम गुरुङ विशेष अतिथि रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन सचिव तीर्थ गुरुङले गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments