Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATION२६औं विश्व आदिवासी दिवस वैचारिक बहस सहित साउन २५ गते पोखरामा...

२६औं विश्व आदिवासी दिवस वैचारिक बहस सहित साउन २५ गते पोखरामा मनाईने

२६औं विश्व आदिवासी दिवस  वैचारिक बहस सहित साउन २५ गते पोखरामा मनाईने
२२ श्रावण २०७७, बिहीबार
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समिति र कास्की जिल्ला समन्वय परिषदको संयुक्त आयोजनामा यहि साउन २५ गते २६औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमको गरि मनाउने भएको छ ।

कोरोना कहरका बीचमा पनि सामाजिक दुरी कायम गरेर कार्यक्रम गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

साउन २५ गते बिहान ११ बजे छन्त्याल समाज घर नदीपुर पोखरामा हुने कार्यक्रममा “नेपालको आदिवासी जनजाति आन्दोलन विगत र आगामी कार्यदिशा एवम् नेपालको संविधानमा आदिवासी जनजातिहरुको स्थान के कस्तो रहनेछ ?” भन्ने विषयमा पृथ्वी नारायण क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्री, राजनीतिक विश्लेषक युग पाठक र अधिवक्ता सुरेन्द्र थापामगरको बीचमा बहस हुने महासंघ गण्डकी प्रदेशका अध्यक्ष खेम पुन मगरले जानकारी दिनुभएको छ ।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख अतिथ्यतामा हुने कायक्रममा सहभागि भइदिन आयोजकले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

यसैबीच सोहि कार्यक्रममा आदिवासी आन्दोलनका आगुवाहरु ककसका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता इन्द्रबहादुर गुरुङ र आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानका पुर्व सदस्य सचिव लोकबहादुर थापा मगरलाई आदिवासी आन्दोलनमा उहाँहरुले पुरयाउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिने भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments