२५ औं बिश्व आदिवासी दिवस युएईमा अगस्ट ०९ तारिख भव्यता साथ मनाउदै।
मान सिङ गुरुङ / युएई नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा जुन २८ तारिख बसेको बैठकले २५ औं बिश्व आदिवासी दिवस भव्यता साथ आयोजना गर्ने भएको छ।
“अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान पहिचान सहितको संघीयताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ युएईमा २५ औं बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध जातीय संघ संस्थाहरुले संयुक्तरूपमा मनाउने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ युएईको मुल आयोजनामा, महासंघमा आबद्ध जातीय संघ संस्थाहरु तमु समाज युएई , नेपाल मगर संघ शाखा युएई , तामाङ समाज युएई , किरात राई यायोक्खा शाखा युएई , किरात याक्थुङ चुम्लुङ युएई , नेवा पुच: युएई , शेर्पा किदुग युएई , थारु कल्याणकारिणी सभा युएई , प्रवासी भुजेल सेवा समिति युएई , प्रवासी नेपाली माझी समाज युएई , सुनुवार सेवा समाज युएई र सह-आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युएईको संयुक्त आयोजनामा २०१९ अगस्ट ०९ तारिख शुक्रबार दिनको १ बजे युएईको दुबई स्थित कालर्ट्न प्यालेस होटल देरा दुबईमा भव्यता साथ आयोजना हुने भएको छ।
उक्त कार्यक्रम सम्पन्न गराउनको लागी नेपाल आदिवासी जनजाति महासंघ युएईका उपाध्यक्ष सुश्री बिजयलक्ष्मी राई संयोजक तोकिनु भएको छ । यातायात व्यवस्थापनको लागि नेपाल आदिवासी जनजाती महासंघ युएईका सदस्य एवं शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा तोकिनु भएको छ भने सांस्कृतिक बिभागको जिम्मेवारी नेपाल आदिवासी जनजाति कलाकार संघ युएईका अध्यक्ष भुवन थापा मगर र उपाध्यक्ष डिके किराँती लाई दिएको छ।
उक्त कार्यक्रममा आदिवासी जनजातिहरुको आफ्नो भाषा , धर्म , संस्कार ,संस्कृति ,भेषभुषा आदिको संरक्षण,सम्बर्द्धन र शैक्षिक बिकास लाई अगाडी बढाउने उद्देश्य रहेको छ भने कार्यक्रममा जातीय पुरानो स्टलहरु प्रदर्शन गर्नुको साथै पौराणिक सांस्कृतिक झल्काउने झांकी (नाच) र मिस्टर एण्ड मिस प्रतियोगिताको साथ प्रवास युएईमा रहेका स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बिशेष सांस्कृतिक प्रस्तुति रहने कार्यक्रमका संयोजक एवं महासंघका उपाध्यक्ष बिजयलक्ष्मी राईले बताउनु भएकोछ।