रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान)को आयोजन २४ औं पोखरा सडक महोत्सव बुधबारदेखि सुरु भएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन गर्नुहुँदै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सवैलाई स्वास्थ्य र सुरक्षाको ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । सामान्य कुराको ख्याल नराख्दा स्वायस्थ्यमा समस्या आउनुका साथै विभिन्न घट्नाहरु घटेकाले यसप्रती आपैm सचेत हुनुपर्ने अवलोकनकर्ताहरुलाई प्रमुख आचर्यले आग्रह गर्नुभयो ।
साथै छिट्टै पोखरालाई पर्यटकको राजधानी घोषणाका लागि संघिय, तथा प्रदेश सरकारले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । जसमा महानगरको तर्फबाट पनि साथ सपोर्ट गर्ने प्रतिवद्धता उहाँले राख्नुभयो । प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसीले महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनका लागि साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अध्यक्ष कासीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, रेवान केन्द्रीय सदस्य अरनिको राज भण्डारी, रेवान कास्कीका अध्यक्ष नरेश भट्टराइ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सामुदायको नृत्य प्रस्तुत गरिएको थियो भने, उद्घाटन अघि पोखरा खरेदेखि निकालिएको ¥यालीमा सहभागि उत्कृष्ट झाकीलाई पुरस्कार वितरण गरिएको थियो । ‘सडकमै खाउ सडकमै रमाउ’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा पार्क भित्र १६ र बाहिर पट्टि १०० वटा स्टल रहको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव अवधि राती १२ः०० बजेसम्म यातायातको व्यवस्था गरिएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय खाना प्रदर्शनी, दोहोरी प्रतियोगिता, रात्रीकालिन कन्सर्ट, टग अफ वार लगायतका क्रार्यक्रमको आयोजना गरिएको छ ।